संवैधानिक इजलासमा फेरिए न्यायाधीश(भिडियो)

२९ पुष, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेका निवेदनमाथि सुनुवाइका लागि सर्वाेच्च अदालतले बुधबार संवैधानिक इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलासमा अब सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । यसअघि गठन गरिएको इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका थिए । उनको ठाउँमा प्रधानन्यायाधीश राणाले सपना प्रधान मल्ल लाई ल्याएका हुन् । संवैधानिक इजलासमा अन्य न्यायाधीश भने यथावत छन् । अघिल्लो पटक कानून व्यवसायीले इजलासमै न्यायाधीश कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधिवक्ता भइसकेको हुँदा उनको नैतिकतामा प्रश्न उठाएका थिए । त्यसपछि कार्की स्वयंले इजलासमा नरहने घोषणा गरेका थिए । कार्की २०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनका महान्यायाधिवक्ता थिए । यता, कार्कीको स्थानमा राखिएकी मल्ल संविधान सभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् । उनी २०७३ सालमा सर्वाेच्चको अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । तर प्रधानन्यायाधीश जबराले स्वार्थ बाझिने गरी नै पूर्वसभासदसमेत रहेकी प्रधानलाई इजलासमा राख्नुले निष्पक्ष फैसला आउनेमा कतिपयले शंका गरेका छन् । यस्तै सुरु देखि नै संवैधानिक इजलास गठन गर्दा प्रधानन्यायाधीश जबराले वरिष्ठलाई पाखा लगाएर कनिष्ठ न्यायाधीशलाई छानेकोमा पनि आलोचना हुँदै आएको छ । संवैधानिक इजलासबाट कार्कीले बाहिरिएपछि प्रधानन्यायाधीले इजलासमा को सहभागी गराउलान भन्ने चासो थियो । उनले न्यायाधीशहरुको वरियतामा १० औँ नम्बर रहेकी सपना प्रधान मल्ललाई सहभागी गराएका हुन् । अघिल्लो पटक पनि संवैधानिक इजलास गठन गर्दा नै ११ औँ नम्बर रहेका न्यायाधीश तेजबहादुर केसीलाई सहभागी गराएका थिए । सर्वाेच्च अदालतको वर्णानुक्रम अनुसार प्रधान न्यायाधीश राणापछि दोस्रो वरियतामा न्यायाधीश दिपककुमार कार्की छन् । त्यसपछि क्रमशः मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन् । तर प्रधानन्यायाधीश राणाले दिपकुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतलाई छाडेर प्रधान न्यायाधीशले अन्य न्यायाधीशलाई इजलाशमा सहभागी गराएका छन ।

 

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top