संसदमा आजदेखि दोस्रो डोजको खोप वितरण सुरु हुने

278SHARES

३१ बैशाख, काठमाडौं । संघीय संसदका पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि कोरोनाविरुद्धको दोस्रो डोज दिन सुरु गरिने भएको छ ।

हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो मात्रा खोप लगाउन सुरु गरिने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष, संघीय संसदका दवै सदनका सदस्यहरुले खोप लगाउनेछन् ।

यस्तै उनीहरुका स्वकीय सचिवालयका कर्मचारी, अरु कर्मचारी, सुरक्षाकर्मीलगायतलाई पनि खोप दिइनेछ । यस्तै भोलि संघीय संसद सचिवालयका सबै कर्मचारी र संघीय संसद भवन बानेश्वरका कर्मचारीलाई खोप लगाइने भएको छ ।

यस्तै पर्सि आइतबार स्वकीय सचिवालयका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी र छुटेका अरु व्यक्तिलाई खोप लगाइने सचिवालयले जनाएको छ ।

गएको फागुन १९, २० र २१ गते कोरोनाविरुद्धको पहिलो मात्राको खोप दिइएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण