×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

१८ असार २०८२
१८ असार, काठमाडौं।  
इरानले चीनबाट अत्याधुनिक फाइटर जेट किन्ने भएको छ । रुससँगको एसयू–३५ विमान खरिद सम्झौतामा समस्या देखिएपछि उसले चीनसँग दर्जनौँ चेङ्दु जे–१० सी बहुउद्देश्यीय लडाकु विमान खरिदका लागि वार्ता तीव्र पारेको खुलेको छ ।
इजरायल र अमेरिकाबाट बढ्दो खतराको सामना गर्न इरानले आफ्नो पुरानो वायुसेनालाई आधुनिकीकरण गर्ने दौडमा यो कदम चालेको हो । द मस्को टाइम्सको एक रिपोर्टअनुसार, इरान हाल चीनबाट ३६ वटा जे–१०सी विमान खरिद गर्न अन्तिम चरणको वार्तामा छ ।
यो कदम सन् २०२३ को सम्झौतापछि रुसबाट ५० वटा एसयू–३५ लडाकु विमान खरिद गर्ने इरानको योजना चारवटा विमानमात्रै प्राप्त भएपछि अवरुद्ध भएको सन्दर्भमा आएको छ ।
गत महिना इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणले इरानका धेरै स्थान, विशेष गरी आणविक पूर्वाधारमा हमला गरेपछि आधुनिक लडाकु विमानको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ ।
रिपोर्टहरूका अनुसार, इरान लामो समयदेखि जे–१० शृंखलामा रुचि राख्दै आएको छ । सन् २०१५ मा कम्तीमा १५० वटा विमान खरिद गर्ने प्रयास गरेको थियो ।
 तर, मिलिटार्नीका अनुसार, भुक्तानी विवादका कारण त्यो सम्झौता असफल भएको थियो । चीनले विदेशी मुद्रामा भुक्तानी मागेको थियो भने कडा प्रतिबन्ध र नगद अभावका कारण इरानले तेल र ग्यासमार्फत भुक्तानी प्रस्ताव गरेको थियो ।
अहिले हटिसकेको संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्धले पनि वार्तालाई जटिल बनाएको थियो ।  चिनियाँ जे–१० सी, एक ४.५ पुस्ताको लडाकु विमान, जुन लामो दुरीको पीएल–१५ हवाइ मिसाइलसँग उपयुक्त छ ।
हाल पाकिस्तानी वायुसेनामा प्रयोगमा छ र रुसी एसयू–३५ को तुलनामा प्रभाकारी र सक्षम विकल्प मानिन्छ । साथै, यो एकल–इन्जिनको ४.५ पुस्ताको लडाकु विमान एसयू–३५ भन्दा करिब ४०–६० मिलियन डलर सस्तो छ ।
यसैबीच इरानले संयुक्त राष्ट्र परमाणु निगरानी संस्था आईएईएसंगको आफ्नो सम्बन्ध निलम्बन गरेको घोषणा गरेको छ । इरानका राष्ट्रपति मसूद पेजेशकियनले बुधवार यो घोषणा गरेका हुन् ।
इरानको यो फैसला इजरायल र अमेरिकाले उसको परमाणु साइटहरुमा हमला गरेपछि आएको हो । यस्तोमा के आशंका गरिएको छ भने, इरान अब यो निलम्बनको आडमा परमाणु बम बनाउन थाल्नेछ ।
अमेरिकाले पहिला नै यस्तो आशंका जनाएको थियो । यसबीच इरानी परमाणु साइटहरुमा हमला अघि नै त्यहाँ रहेका ४०० किलोग्राम संवर्धित यूरेनियम अन्त्यै सारिएको सूचनाहरु आएका छन् ।
जसले कम से कम १० परमाणु बम बनाउन सकिन्छ । अब इरानले यसको प्रयोग गर्नेमा अमेरिकाको तनाव बढाइदिएको छ । इरानको संसदले आईएईएसंगको सम्बन्ध तोड्ने विधेयकलाई पहिला नै स्वीकृति दिइसकेको थियो ।
अब यसमा राष्ट्रपति मसूद पेजेशकियनले पनि हस्ताक्षर गरेका हुन् । यो कानूनमा लेखिएको छ, “देशको शांतिपूर्ण परमाणु सुविधाहरुका सम्बन्धमा जायोनी शासन र संयुक्त राज्य अमेरिकाद्वारा इरानको राष्ट्रीय संप्रभुता र क्षेत्रीय अखंडताको उल्लंघन र ईरानको सर्वोच्च हितहरुमा खतरा देखिएकाले १९६९ भियना संधिको अनुच्छेद ६० का आधारमा, सरकार परमाणु अप्रसार संधि र यसको सुरक्षा उपायहरुको आधारमा अंतर्राष्ट्रिय परमाणु ऊर्जा एजेंसीका साथ कुनै पनि सहयोगलाई तत्काल लागू हुने गरी निलम्बन गर्न बाध्य छ ।
जबसम्म परमाणु साइटहरु र  वैज्ञानिकहरुको सुरक्षा सुनिश्चित गर्नेसहित केही शर्तहरु पुरा हुने छैनन“ । यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी हमलामा फोर्डो स्थित न्यूक्लियर साइटमा भारी क्षति भएको स्वीकारेका छन् ।
उनले भनेका छन्, अहिले क्षतिबारे ठीक ढंगले जानकारी दिन सकिदैन । तर यो स्पष्ट छ कि यो अंडरग्राउड साइटमा बमबारीले भीषण क्षति पुगेको छ ।
अब्बास अराघचीले सीबीएस न्यूजलाई दिएको एक अन्तर्वार्तामा भने, अमेरिकी बमबारीले इरानको जमीनमुनि सयौं फीट तल बनेको फोर्डो परमाणु सुविधालाई क्षति पुर्याएको छ ।
अराघचीले अगाडि भने, ’सीजफायर भएपछि इरानको परमाणु उर्जा संगठनले यसको मूल्यांकन र आंकलन गरिरहेको छ । एजेंसीले जाँच पूरा गरेपछि आफ्नो रिपोर्ट सरकारलाई बुझाउने छ ।
त्यसपछि नै यो स्पष्ट हुन्छ कि फोर्डोमा के के क्षति भयो, जसको घाटा इरानले उठाउनु पर्नेछ’ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पहिला नै दाबी गरेका थिए कि यो हमलामा इरानी साइटहरु परमाणु बम बनाउन नसक्ने गरी नष्ट भएको छ ।
तर सो बेला इरानले यो   अस्वीकार गरेको थियो । यता अमेरिकी अधिकारीहरुले पनि क्षति कम भएको सूचना चुहाएका थिए । यस्तै एक्सपर्टले पनि तेहरानको परमाणु कार्यक्रमलाई कम क्षति भएको भनेका थिए । तर अब इरानले नै यसमा व्यापक क्षति भएको बताएको हो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top