NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय बुधबार असार २५ , २०८२
विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ? बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल बुधबार असार २५ , २०८२
रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि बुधबार असार २५ , २०८२
एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी बुधबार असार २५ , २०८२
Next
Prev

समाचार

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ असार, काठमाडौं।  
इरानले चीनबाट अत्याधुनिक फाइटर जेट किन्ने भएको छ । रुससँगको एसयू–३५ विमान खरिद सम्झौतामा समस्या देखिएपछि उसले चीनसँग दर्जनौँ चेङ्दु जे–१० सी बहुउद्देश्यीय लडाकु विमान खरिदका लागि वार्ता तीव्र पारेको खुलेको छ ।
इजरायल र अमेरिकाबाट बढ्दो खतराको सामना गर्न इरानले आफ्नो पुरानो वायुसेनालाई आधुनिकीकरण गर्ने दौडमा यो कदम चालेको हो । द मस्को टाइम्सको एक रिपोर्टअनुसार, इरान हाल चीनबाट ३६ वटा जे–१०सी विमान खरिद गर्न अन्तिम चरणको वार्तामा छ ।
यो कदम सन् २०२३ को सम्झौतापछि रुसबाट ५० वटा एसयू–३५ लडाकु विमान खरिद गर्ने इरानको योजना चारवटा विमानमात्रै प्राप्त भएपछि अवरुद्ध भएको सन्दर्भमा आएको छ ।
गत महिना इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणले इरानका धेरै स्थान, विशेष गरी आणविक पूर्वाधारमा हमला गरेपछि आधुनिक लडाकु विमानको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ ।
रिपोर्टहरूका अनुसार, इरान लामो समयदेखि जे–१० शृंखलामा रुचि राख्दै आएको छ । सन् २०१५ मा कम्तीमा १५० वटा विमान खरिद गर्ने प्रयास गरेको थियो ।
 तर, मिलिटार्नीका अनुसार, भुक्तानी विवादका कारण त्यो सम्झौता असफल भएको थियो । चीनले विदेशी मुद्रामा भुक्तानी मागेको थियो भने कडा प्रतिबन्ध र नगद अभावका कारण इरानले तेल र ग्यासमार्फत भुक्तानी प्रस्ताव गरेको थियो ।
अहिले हटिसकेको संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्धले पनि वार्तालाई जटिल बनाएको थियो ।  चिनियाँ जे–१० सी, एक ४.५ पुस्ताको लडाकु विमान, जुन लामो दुरीको पीएल–१५ हवाइ मिसाइलसँग उपयुक्त छ ।
हाल पाकिस्तानी वायुसेनामा प्रयोगमा छ र रुसी एसयू–३५ को तुलनामा प्रभाकारी र सक्षम विकल्प मानिन्छ । साथै, यो एकल–इन्जिनको ४.५ पुस्ताको लडाकु विमान एसयू–३५ भन्दा करिब ४०–६० मिलियन डलर सस्तो छ ।
यसैबीच इरानले संयुक्त राष्ट्र परमाणु निगरानी संस्था आईएईएसंगको आफ्नो सम्बन्ध निलम्बन गरेको घोषणा गरेको छ । इरानका राष्ट्रपति मसूद पेजेशकियनले बुधवार यो घोषणा गरेका हुन् ।
इरानको यो फैसला इजरायल र अमेरिकाले उसको परमाणु साइटहरुमा हमला गरेपछि आएको हो । यस्तोमा के आशंका गरिएको छ भने, इरान अब यो निलम्बनको आडमा परमाणु बम बनाउन थाल्नेछ ।
अमेरिकाले पहिला नै यस्तो आशंका जनाएको थियो । यसबीच इरानी परमाणु साइटहरुमा हमला अघि नै त्यहाँ रहेका ४०० किलोग्राम संवर्धित यूरेनियम अन्त्यै सारिएको सूचनाहरु आएका छन् ।
जसले कम से कम १० परमाणु बम बनाउन सकिन्छ । अब इरानले यसको प्रयोग गर्नेमा अमेरिकाको तनाव बढाइदिएको छ । इरानको संसदले आईएईएसंगको सम्बन्ध तोड्ने विधेयकलाई पहिला नै स्वीकृति दिइसकेको थियो ।
अब यसमा राष्ट्रपति मसूद पेजेशकियनले पनि हस्ताक्षर गरेका हुन् । यो कानूनमा लेखिएको छ, “देशको शांतिपूर्ण परमाणु सुविधाहरुका सम्बन्धमा जायोनी शासन र संयुक्त राज्य अमेरिकाद्वारा इरानको राष्ट्रीय संप्रभुता र क्षेत्रीय अखंडताको उल्लंघन र ईरानको सर्वोच्च हितहरुमा खतरा देखिएकाले १९६९ भियना संधिको अनुच्छेद ६० का आधारमा, सरकार परमाणु अप्रसार संधि र यसको सुरक्षा उपायहरुको आधारमा अंतर्राष्ट्रिय परमाणु ऊर्जा एजेंसीका साथ कुनै पनि सहयोगलाई तत्काल लागू हुने गरी निलम्बन गर्न बाध्य छ ।
जबसम्म परमाणु साइटहरु र  वैज्ञानिकहरुको सुरक्षा सुनिश्चित गर्नेसहित केही शर्तहरु पुरा हुने छैनन“ । यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी हमलामा फोर्डो स्थित न्यूक्लियर साइटमा भारी क्षति भएको स्वीकारेका छन् ।
उनले भनेका छन्, अहिले क्षतिबारे ठीक ढंगले जानकारी दिन सकिदैन । तर यो स्पष्ट छ कि यो अंडरग्राउड साइटमा बमबारीले भीषण क्षति पुगेको छ ।
अब्बास अराघचीले सीबीएस न्यूजलाई दिएको एक अन्तर्वार्तामा भने, अमेरिकी बमबारीले इरानको जमीनमुनि सयौं फीट तल बनेको फोर्डो परमाणु सुविधालाई क्षति पुर्याएको छ ।
अराघचीले अगाडि भने, ’सीजफायर भएपछि इरानको परमाणु उर्जा संगठनले यसको मूल्यांकन र आंकलन गरिरहेको छ । एजेंसीले जाँच पूरा गरेपछि आफ्नो रिपोर्ट सरकारलाई बुझाउने छ ।
त्यसपछि नै यो स्पष्ट हुन्छ कि फोर्डोमा के के क्षति भयो, जसको घाटा इरानले उठाउनु पर्नेछ’ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पहिला नै दाबी गरेका थिए कि यो हमलामा इरानी साइटहरु परमाणु बम बनाउन नसक्ने गरी नष्ट भएको छ ।
तर सो बेला इरानले यो   अस्वीकार गरेको थियो । यता अमेरिकी अधिकारीहरुले पनि क्षति कम भएको सूचना चुहाएका थिए । यस्तै एक्सपर्टले पनि तेहरानको परमाणु कार्यक्रमलाई कम क्षति भएको भनेका थिए । तर अब इरानले नै यसमा व्यापक क्षति भएको बताएको हो ।
Advertisement
Tags: #अत्याधुनिक फाइटर जेट#एटम बम बनाउने तयारी#जे–१० सी लडाकु विमान

लोकप्रीय

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२

विचार

थप समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि

बुधबार असार २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.