×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

१८ असार २०८२
१८ असार, काठमाडौं।  
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई मरेको सिनो भनेपछि नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री कारबाहीमा परेकी छन् ।
उनलाई नेकपा एसले स्पष्टीकरण सोधेको छ । पार्टीको अनुशासन आयोगले तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ । नेता सोमप्रसाद पाण्डेका अनुसार आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो ।
झाँक्रीले आइतबार बुटवलमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको भन्दै सार्वजनिक टिप्पणी गरेकी थिइन् । त्यही अवसरमा उनले पार्टीमा अर्ली महाधिवेशनको मागसमेत गरेकी थिइन् ।
सो बेला उनले भनेकी थिइन्, ’कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’  नेतृ झाक्रीले भनेकी थिएन, ‘पार्टीमा यतिबेला ठूलो संकट आएको छ, अध्यक्षमाथि नै संकट छ, पार्टीका अन्य पदाधिकारी र सदस्यमाथि नै संकट आयो’, उनले भनेकी थिइन्, ‘पार्टीलाई पुर्नगठन गरौँ, अर्ली महाधिवेशनबाट अध्यक्ष बनाऔँ, अब यसरी काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
झाँक्रीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कार्यकर्ताहरुले चर्को विरोध पनि गरे । झाँक्रीको सोही अभिव्यक्तिबारे पार्टीले स्पष्टीकरण सोधेको हो ।
यसअघि पार्टीका महासचिव घनश्याम भुसालले पनि अध्यक्षमाथि लागेको पतञ्जली जग्गा प्रकरणको मुद्दामा जथाभावी नबोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए  ।
उनले एक सर्कुलर जारी गर्दै पार्टीको आधिकारिक धारणासँग भिन्न विचार राख्दै जथाभावी नबोल्न निर्देशन दिएका हुन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल पतञ्जली जग्गा प्रकरणमा मुछिएका छन् ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटको जग्गा खरिदबिक्रीमार्फत भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।  नेकपा एसमा झाक्रीकै कारण विद्यार्थी संगठनमा पनि विवाद भएको नेताहरुको बुझाइ छ ।
पार्टीको भ्रातृ संगठन अनेरास्ववियुमा समानान्तर कमिटी गठन भएको छ । सोही अनेरास्ववियुमा झाँक्री इन्चार्ज छिन् ।   नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएसँगै विद्यार्थी संगठनमा पुरानै किचलो व्युँत्याएर भाँडभैलो मच्चिएको हो ।
अनेरास्ववियु अध्यक्ष महेश श्रेष्ठ छन् । श्रेष्ठसँग असन्तुष्ट बनेको समूहले न्यौपानेको अध्यक्षतामा असार १५ गते समानान्तर कमिटी गठन गरेको सार्वजनिक भएको हो ।
अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष माधवकुमार नेपालनिकट मानिन्छन् भने समानान्तर कमिटीका अध्यक्ष न्यौपाने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकट भनेर चिनिन्छन् ।
गत पुसमा अध्यक्ष नेपाल पक्षले अनेरास्ववियू अध्यक्षबाट आरती लामालाई जिम्मेवारीबाट हटाएर श्रेष्ठलाई मनोनीत गरेको थियो ।  एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार बस्ने केन्द्रीय सचिवालय बैठकमा पार्टीभित्र उठेका सबै विषयहरूबारे छलफल हुने  बताएका छन् ।
नेकपा एसका अध्यक्षमाथि आफ्नै पार्टीभित्र विरोध सुरु हुँदा माधवको पूर्व दल  नेकपा एमालेमा पनि यही समयमा अध्यक्षको विकल्प खोज्न सुरु भएको छ ।
खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा सक्रियरुपमा फर्किने घोषणा गरेपछि पार्टीभित्र अबको नेतृत्वलाई लिएर बहस नै छेडिएको छ ।
विगतमा एकै पार्टीमा रहँदा लामो समय शीर्ष नेताकारुपमा तितोमिठो सम्बन्धमा रहेका नेपाल र ओली अहिले दुई फरक पार्टीका अध्यक्ष रहेका बेला एकै समयमा नेतृत्वको चुनौती खेपिरहेका छन् ।
नेकपा एसमा महसचिवले अध्यक्षका बारेमा जथाभावी नबोल्न निर्देशन दिएको केही दिनपछि यता एमालेमा पनि महासचिवले उस्तै खाले निर्देशन दिएका छन् । महासचिव शङ्कर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकाले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई आज ‘भर्चुअल’ रुपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानका बारेमा बहस गर्न आग्रह गरे ।
“राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ”, महासचिव पोखरेलले भने । एमालेले यही आगामी भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।
उनले विधान महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन आग्रह गरे ।
महासचिव पोखरेलले राजनीतिक र साङ्गठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधैँ बिधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने बताए ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top