NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक आइतवार असार २९ , २०८२
पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’ आइतवार असार २९ , २०८२
काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना आइतवार असार २९ , २०८२
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

५२ पदाधिकारीको मध्यरातमा फैसलाः एक न्यायाधीशको आत्मआलोचना

बिहिबार असार १९ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१९ असार , काठमाडौं ।
चार वर्षअघि दर्ता भएको र चार महिना लामो सुनुवाइ सकिएको  करिव ५० दिनपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार मध्यरातमा ५२ संवैधानिक नियुक्तिलाई सदर गरेको छ ।
चार वर्षअघि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार रहँदा संवैधानिक निकायमा ५२ जनाको नियुक्ति भएको विषय सर्वोच्च अदालतमा रिट परेको थियो ।
रिट परेको चार वर्षभन्दा बढी समय लगाएर सर्वोच्चले बुधबार राति नियुक्ति सदर गरिदिएको हो । सर्वोच्चको संवैधानिक इजलासले बहुमतबाट नियुक्ति सदर गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणमा नियुक्त भएका संवैधानिक पदाधिकारीहरूको नियुक्ति बदर हुनुपर्ने राय लेखेका थिए ।
प्रधानन्यायाधीश राउत र सुवेदी एकातिर अनि  डा. मनोजकुमार शर्मा र डा. कुमाल चुडाल तथा सपना मल्ल प्रधान अर्कोतिर परेपछि बहुमतको फैसला सदर भएको थियो ।
न्यायाधीशहरू  चुडाल र  शर्माले उक्त नियुक्ति संविधानसम्मत भएको ठहर गरेका थिए भने न्यायाधीश सपना प्रधान मल्लले विवाद शुरु भएको करिव चार वर्षपछि मुद्दा टुंगिने अवस्था आएकाले नियुक्ति खारेज नगरी उनीहरुलाई संसदीय सुनुवाइमा पठाउनुपर्ने परमादेश जारी गर्नुपर्ने राय दिएकी थिइन ।
न्यायाधीश मल्लले  लेखेको फरक रायमा चार वर्षभन्दा बढी ब्यतित भइसकेपछि मात्रै फैसला भएकोमा आत्मालोचना गरेकी  छन् । उल्लिखित रायमा उनले सम्पूर्ण संवैधानिक आयोगको समग्र नियुक्तिको वैधानिकताममा प्रश्न उठाइएको गम्भीर प्रकृतिको मुद्दामा समयमै  निर्णय भएको भए वान्छित अवान्छित परिणाम जे आएता पनि अनिश्चित प्रक्रिया र परिणाम लामो समयसम्म रहँदैन थियो भनेकी छन् । ’
न्याय गर्नु भनेको समयमा निर्णय गर्नु पनि हो। प्राथमिकताका साथ समयमा निर्णय गर्नुपर्ने गम्भीर र महत्वपूर्ण विषयमा साढे चार वर्ष लामो समय निर्णय नगरी राख्दा न त संवैधानिक निकाय जस्तो संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने निकाय खुलेर काम गर्न सक्छ, न त अदालत आफ्नो दायित्व प्रति जिम्मेवारी भएको देखिन्छ ।
न्यायको याचिकाहरूलाई आशाको ज्योति जगाउन अनूचित विलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ । आफ्नै सतर्कताको निमित्त यस्तो प्रकृति दोहोरिन दिनु हुँदैन भनी यो आत्मलोचना गरेको छु,’ रायमा न्यायाधीश मल्लले लेखेकी छन् ।
पुनः संसदीय सुनुवाइ गर्नुपर्ने भन्ने राय उनले मात्रै दिएकी छन् । ’हाल राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै क्रियाशिल र सक्षम देखिएकाले हाल कार्यरत प्रत्यर्थी पदाधिकारीहरूलाई यो फैसला भएको मितिले ४५ दिनभित्र संसदीय सुनुवाइ प्रक्रियामा लैजानू र हाल कार्यरत रहेका पदाधिकारीहरू संसदीय सुनुवाइबाट नियुक्तिका लागि योग्य ठहर भएमा त्यस्ता पदाधिकारीहरूको कार्यकाल साविकमा नियुक्त भएको मितिदेखि नै गणना हुने गरी नियुक्ति शपथको आवश्यक व्यवस्था मिलाउनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ,’ रायमा उनले लेखेकी छन्।
तर उनको राय एक भएकाले अस्वीकृत भएको छ । चुडाल र शर्माले संसदीय सुनुवाइमा जान नपर्ने राय दिएका हुन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीले रिट जारी हुनुपर्ने राय दिए पनि अल्पमतमा परेको छ ।
न्यायाधीशद्वय चुडाल र शर्माले नियुक्ति सदर गर्नुपर्नाको कारणमा कार्यकारिणीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश ल्याउन सक्ने र त्यसरी ल्याएको अध्यादेश प्रमाणीकरण भएपछि कार्यान्वयन भएको मानिने उल्लेख गरेका छन् ।
उनीहरूले ‘संवैधानिक परिषद्को बैठकमा संविधानले व्यवस्था गरेको सदस्यहरूलाई बैठकबाट वञ्चित नगरेको, संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन विपक्षी दलका नेताको कुनै विरोध उजुरबाजुर नभएको’ कारण पनि पेस गरेका छन् ।
थप कारणमा भनिएको छ, ‘संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन सभामुखलाई ३० मंसिर २०७७ को बिहान ९ बजे बैठकको जानकारी भएको निजकै रिट निवेदनबाट देखिएको, ३० मंसिर २०७७ को बेलुका ५ बजे भएको बैठक सोही बिहानको बैठकको निरन्तरता भएको देखिएको र यस्तो अभ्यास पनि रहे भएको अवस्थामा संवैधानिक परिषद्का सदस्य प्रतिनिधिसभाका तत्कालीन सभामुख रिट निवेदक भए पनि संवैधानिक परिषद्को बैठकमा सहभागी गरिपाउँ भन्ने निवेदन मागदाबी नभई ‘अब आइन्दा त्यस्तो नगर्नू’ भन्नेसम्मको परमादेशको आदेश माग गरेको, निज हाल संवैधानिक परिषद्को सदस्य रहेको नभई परिस्थितिमा परिवर्तन भएको समेतका आधार कारणबाट प्रस्तुत रिट निवेदनमा निवेदकको मागबमोजिम रिट जारी गर्नुपर्ने अवस्था नदेखिएकाले रिट निवेदन खारेज हुने ठहर्छ ।’
न्यायाधीशद्वय चुडाल र शर्माको रायसँग आफू सहमत भई यसमा थप परमादेश पनि जारी हुने निर्णय न्यायाधीश मल्लको छ । ‘रिट निवेदकहरूले माग गरेजस्तो अध्यादेश, संवैधानिक परिषद्को नियुक्ति सिफारिस गर्ने निर्णय, संसद्को नियमावली आदि उत्प्रेषणको आदेशले बदर गरिरहनुपर्ने देखिएन ।
नियुक्ति भइसकेकाको अवस्थामा नियुक्ति रोक्ने प्रतिषेधसमेत जारी गर्नुपर्ने देखिएन,’ मल्लको निर्णय छ, ‘रिट निवेदन खारेज हुने ठहरेसम्म माननीय न्यायाधीशद्वय मनोजकुमार शर्मा र कुमार चुडालको रायसँग सहमत छु । तर परमादेश जारी गर्ने हकमा मेरो फरक राय भएकाले सो भिन्न राय छुट्टै रूपमा व्यक्त गरेकी छु ।’
प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले भने संवैधानिक परिषद्ले ३० मंसिर २०७७ मा भएको सिफारिस संविधानसम्मत नभएको भन्दै त्यसविरुद्ध परेको रिट जारी गर्ने निर्णय सुनाएको छ ।
परिषद्को बैठक बस्नु ४८ घण्टाअघि नै यसबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने कानुनी व्यवस्था पालना नभएको भन्दै राउत र सुवेदीको इजलासले नियुक्ति बदर हुने निर्णय लिएको हो ।
अल्पमतमा परेको न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘३० मंसिर २०७७ को सिफारिस र सोका आधारमा गरिएको नियुक्तिसमेत नेपालको संविधान तथा उल्लिखित कानुनी व्यवस्थाको विपरीत भएकाले उक्त सिफारिस र नियुक्तिको निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।’
प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको निर्णय अल्पमतमा परेपछि त्यति बेलाको नियुक्तिले निरन्तरता पाएको छ । संवैधानिक व्यवस्थाविरुद्ध प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएको भन्दै खिलराज रेग्मीविरुद्ध परेको रिटमा पाँच सदस्यीय संवैधानिक इजलासले १६ चैत २०७२ मा सुनाएको निर्णयमा पनि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको राय अल्पमतमा परेको थियो ।
तत्कालीन ओली सरकारले पुनः अध्यादेश ल्याई संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेपछि २६ वैशाख २०७८ मा थप २० जनाको नियुक्तिका लागि सिफारिस गरिएको छ ।
परिषद्को सिफारिसअनुसार १० असार २०७८ मा उनीहरूलाई नियुक्ति दिइएको थियो । त्यतिबेलाको नियुक्तिलाई भने प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले पनि सदर गरेका छन् ।
उक्त नियुक्ति सदर गर्नुपर्नाको कारणमा उनीहरूले भनेका छन्, ‘पहिलो सिफारिसको निर्णयमा बैठकको सूचना नै रितपूर्वक नदिएको, नियुक्तिको सिफारिस भएको मितिसम्म साबिकको ऐन नै लागू भई बैठकको गणपूरक संख्या नपुगेको र प्रतिनिधिसभा विघटन भएपश्चात् मात्र नियुक्तिको सिफारिस संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको जस्ता प्रश्न सन्निहित रहेको देखिएकोमा दोस्रो नियुक्तिका सम्बन्धमा सोबमोजिमको अवस्थाको विद्यमानता देखिएन ।’
संवैधानिक आयोगमा गरिएको सिफारिस र नियुक्तिविरुद्ध १ पुस २०७७ देखि १० साउन २०७९ सम्म १५ रिट परेका थिए । सर्वोच्चले सुनुवाइ नगरी लामो समयसम्म ती रिटलाई अल्झाएर राखेको भनी आलोचना हुँदै आएको थियो ।
यससँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् । यसअघि यो रिटको निर्णय सुनाउने दिन बुधबारका लागि तोकिएकोमा इजलासका न्यायाधीशहरू मंगलबारदेखि नै छलफलमा थिए ।
उनीहरू बुधबार पनि दिनभर छलफलमा रहे । तर, पनि राय बाझिएपछि इजलासमा रहेका बहुमत न्यायाधीशको रायले नियुक्ति सदर भएको हो ।
मध्यरातमा संवैधानिक इजलास बसेर प्रधानन्यायाधीश राउतले इजलासबाटै राय बाझी फैसला भएकोबारे जानकारी गराएका थिए । फैसलाको निर्णयपछि सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बहुमत न्यायाधीशले रिट निवेदन खारेज हुने ठहर गरेको जानकारी दिए ।
सरकारले २०७७ र २०७८ मा दुई चरणमा गरी अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्चमा १५ वटा रिट निवेदन दर्ता भएका थिए ।
ती निवेदनमाथिको सुनुवाइ गत जेठ १ गते सकिएको थियो । जेठ २८ गते निर्णय सुनाउने भनिए पनि बुधबारका लागि लागि मिति तय गरिएको थियो ।
Advertisement
Tags: #५२ पदाधिकारीको मध्यरातमा फैसला#न्यायाधीशको आत्मआलोचना#प्रधानन्यायाधीश नै अल्पमतमा

लोकप्रीय

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२

विचार

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२

थप समाचार

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?
ताजा समाचार

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा
ताजा समाचार

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.