NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

संसदीय समितिले भन्यो–‘ मधेशी आयोगले खर्चमा गोलमाल गर्याे’

मङ्लबार असार ३० , २०७७
Reading Time: 1 min read
A A
संसदीय समितिले भन्यो–‘ मधेशी आयोगले खर्चमा गोलमाल गर्याे’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० असार, काठमाडौँ ।
प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले मधेशी समुदायको हितलाई केन्द्रमा राखि ठोस योजना बनाएर काम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ । समितिले समाजिक एवं सांस्कृतिक कुरुतिबाट प्रभावित मधेशी समुदायको बृहत्तर हितका लागि आयोगले कार्ययोजना बनाई कार्यान्वयन गर्न नसकेको भन्दै गम्भिरतापूर्वक ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो ।

समितिको मंगलबारको बैठकमा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसँग आयोगको वार्षिक प्रतिवेदन २०७६ माथि छलफल गरेपछि समितिका सभापति निरुदेवी पालले गम्भिरता पूर्वक एकीकृत नीति बनाई काम गर्न निर्देशन दिइन् । उनले भनिन्– ‘सामाजिक एवं सांस्कृतिक कुरुतिबाट बढी नै प्रभावित यो समुदायको बृहत्तर हित एवं समुल उत्थानका लागि आयोगले एकीकृत नीति रणनीति सहित अल्पकालिन एवं दिर्घकालिन कार्ययोजना बनाई कार्यान्वयनमा लैजानुपर्ने भएकोले उक्त कार्यलाई प्राथमिकता सहित गम्भिरतापूर्वक गर्न समिति मधेशी आयोगलाई निर्देशन गर्दछ ।’

आयोग अहिले सम्म मधेश क्षेत्रमा बस्ने सबै समुदाय मधेशी हुन या अन्य क्षेत्रमा बस्ने समुदाय पनि मधेशी हुन भन्ने सम्बन्धमा निर्णयमा पुग्न नसक्दा आयोगको कामकारबाहीमा समस्या आएको भन्दै सिघ्र निर्णयमा पुग्न समितिले निर्देशन दिएकोछ । निर्देशनमा भनिएको छ–‘मधेशी आयोग ऐन २०७४ को दफा २६ मा मधेशी समुदाय भन्नाले आयोगको सिफारिसमा नेपाल सरकारले परिभाषित गरेको समुदाय सम्झिनु पर्दछ भनि परिभाषा गरिएको र यस सम्बन्धमा आयोगले हालसम्म कुनैपनि सिफारिस नगरेको मधेस क्षेत्रमा बस्ने सम्पूर्ण समुदाय मधेशी हुन् वा जुनसुकै स्थानमा बसेको भएपनि निश्चित आधारमा तयाग रिने कुनै जात वा समुदाय मधेशी हुन भन्ने सम्बन्धमा आयोग निर्णयमा नपुगी नीति रणनीत बनाउन जटिल देखिन्छ तसर्थ थुप्रै गोष्ठि विज्ञहरुसँग छलफल गरिसकेको यस आयोगलाई सिघ्र निर्णयमा पुगि कार्या सम्पादन गर्न समिति निर्देशन गर्दछ ।’

LS Auto

समितिले आयोगबाट प्रस्तुत वार्षिक प्रतिवेदन २०७६ मा अनियमितता भएको जनगुनासो आएकोले समितिलाई लिखित रुपमा सबै विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्षको अन्त्यका तीन महिनामा २३ दिनमा ३२ लाख रुपैयाँ खर्च गरी विभिन्न गोष्ठि एवं अनुशिक्षण कार्यक्रम गरेको र त्यसको प्रभावकारीता नदेखिएको तर आयोगले बजेट सक्नका लागि कार्यक्रम गरेको भन्दै आयोगको धारणा पठाईदिन निर्देशन दिएको छ ।

समितिले एकै दिन विभिन्न जिल्लामा गरिएका गोष्ठि तथा प्रशिक्षण कार्यक्रममा आयोगका अध्यक्षको उपस्थिति कसरी भयो भन्ने सम्बन्धमा समेत आयोगसँग लिखित जवाफ माग गरेको छ । यस्तै कार्यक्रम गरिएको दिन गोष्ठिमा भएको खर्चको हिसाबकिताब मिलाउन धेरै नै गोलमाल गरिएको जनगुनासो आएकोले सबै गोष्ठि र अनुशिक्षण कार्यक्रमको खर्चको विवरण र गोष्ठि तथा अनुशिक्षणबाट कुनै उपलब्धि नभएकाले गोष्ठिमा प्रस्तुत भएका विषयवस्तु र प्राप्त भएका सुझाव तथा निष्कर्शहरुको समेत विस्त्रित विवरण लिखित रुपमा उपलब्ध गराउन समिति सभापति पालले निर्देशन दिइन् ।

बैठकमा मधेशी आयोगका अध्यक्ष दत्तले आयोगले गरेका कुनैपनि कार्यक्रममा आर्थिक अनियमितता नगरिएको भन्दै समितिलाई अनियमितता पत्ता लगाउन चुनौती दिए । उनले भने–‘यो कार्यक्रम जति गरिएको छ ग्राउण्ड र रियालिटिमा गरिएको छ । त्यसमा डेभिएसन अथवा मिसक्याल्कुलेसन एक प्रतिशत पनि छैन भन्ने च्यालेन्जका साथ भन्छु हजुरहरुले जहाँ पत्ता लगाएपनि हुन्छ । यो म गर्वका साथ भन्छु की त्यो कार्यक्रम सम्पूर्ण ठाउँमा जानकारी गराएर हामीले गरेका हौं ।’ अध्यक्ष दत्तले आयोगको काम कर्तव्य र अधिकारभित्र मधेशी समुदायको सूचीकरण गर्ने रहेपनि अर्थमन्त्रालयले बजेट उपलब्ध नगराउदा काम गर्न नसकिएको बताउनुभयो । उहाँले अर्थमन्त्रालयले पैसा नदिएपनि आयोगले कसरी काम गर्न सक्छ भन्दै समितिलाई प्रश्न समेत गरे । उनले भने ‘आयोगको काम कर्तव्य र अधिकारमा सूचीकरण गर्ने छ । जातिय सूचीकरण गर्ने तर सूचीकरणको लागि फेरी बजेट कै कुरा आउँछ । अर्थ मन्त्रालयले के भन्यो भने यो त तथ्याङ्क विभागले गर्ने हो, तथ्याङ्क विभागसँग बस्दाखेरी हामी गर्दैनौं भन्छ । यो हाम्रो काम होइन भन्छ । अनि अर्थमन्त्रालयले पैसो नर्दिपछि यो आयोगले कसरी गर्छ ?’

बैठकमा सांसदहरुले आयोग स्थापना भएपछि अहिले सम्म आफ्नो कार्य नीति बनाउन नसक्नुले आयोगको औचित्यमाथि नै छलफल गर्नुपर्ने बेला आएका बताएका थिए । उनीहरुले आयोगले गोष्ठि र अनुशिक्षण कार्यक्रम गरी बजेट सिध्याउने तर कुनै प्रगति नदेखाउने भएकाले प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुपर्ने बताएका थिए ।

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.