२ जेठ, काठमाडौैं ।
संसद् सचिवालय नयाँ बानेश्वरमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको पाइएको छ ।
संसद् सचिवालयमा गएको शुक्रवार (अस्ति) देखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद् हेर्ने पत्रकारका लागि भनेर दोस्रो डोजको खोप लगाउन सुरु गरिएको थियो ।
तर खोप लगाउन सांसदले नै आफ्ना मान्छे लैजाँदा खोपको दुरुपयोग भएको हो ।