संसद बैठकमा प्रधानमन्त्रीलाई महाराजाको संज्ञा

२६ चैत, काठमाडौँ । सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवास्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाए ।

सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमि बगाएको र कयौ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुर्नस्थापना गरि उचित राहतको व्यवस्था गर्न माग गरे ।

Advertisement

सांसद बिमला विश्वकर्माले ३ बर्षिय अवधिमा सरकारले गरेका कामहरुको स्वागत गरिन् । सांसद शान्ता चौधरीले विकासप्रेमीहरु खुसीले गद्गद् भएको भन्दै सरकारका कामहरुको प्रशंसा गरे ।

सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएको जात चेपाङ बस्तीहरु चलाउने र भत्काउने काम गरेको भन्दै सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंबैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेतलाई धुलोमा मिलाउने कोशिस गरेको आरोप लगाए ।

उनले भने “यतिबेला सिंगै अधिवेशनलाई सरकारले बिजनेस विहिन बनाएको छ । के सरकारले बिजनेस दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुर्न स्थापित भईसकेको छैन । ”

सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सरिता कुमारी गिरीले बालबिकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सिता देवी यादवले शान्ति सम्झौताको १४ बर्ष भईसक्दा पनि द्धन्द्धकालिन समयमा वेपत्ता पारिएका व्यक्ति र द्धन्द्ध पीडितले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय गरि आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपूर्ण र रहस्यमय रहेको बताए ।

सांसद महन्थ ठाकुरले दिएको एक अन्र्तवार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दे उनले भने “म ठाकुरजी संग सोध्न चाहन्छु कि आज मधेसका जनताहरु संघीयता विरोधी सरकारमा जान चाहँदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहँदैन ।”

सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाए ।

सांसद संञ्जय कुमार गौतमले बाघ, हात्ती र गैडाको आंतकले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका बद्रियालीहरु प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा कामगर्ने, पर्यटन व्यवसायी तथा स्थानीयको जीवनरक्षाको प्रत्याभुति गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top