NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा बुधबार मंसिर १७ , २०८२
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

सङ्खुवासभाका चार हिमताल जोखिममा, सतर्क रहन आग्रह

शनिबार साउन १७ , २०७७
Reading Time: 1 min read
A A
सङ्खुवासभाका चार हिमताल जोखिममा, सतर्क रहन आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ साउन, काठमाडाैँ ।

सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ ।

इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ । सङ्खुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको उनले बताए । कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ ।

LS Auto

नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उनले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उनले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।

तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएका कारण सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । उनले निकट भविष्यमै सरोकारवाला सङ्घसंस्थासँग समन्वय गरी छिट्टै नै हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न पहल कदमी चाल्न जिल्ला समन्वय समिति सधैँ अग्रपङ्क्तिमा रहने प्रतिवद्धता व्यक्त गरे ।

वरुण नदीभन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको हो । यो हिमताल विस्फोट भएमा ठूलो धनजनको क्षति हुन सक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनीयरिङ प्रालिका प्रबन्धक इसाक राईले बताए । हितालको गहिराइ मापन गरी आवश्यकताभन्दा बढी पानी बाहिर फाल्नुपर्ने देखिएको छ ।

अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ । यो हिमताल विस्फोट भएमा सङ्खुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ ।

हिमताल फुट्ने महिना

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । उनीहरुका अनुसार, साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो यो ।

हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुने इसिमोडका डा अरुणबहादुर श्रेष्ठले बताए । उनले भने, “हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ ।” नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पु¥याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्याङ्क छ ।

जोखिम छ, पूर्वतयारी छैन

जोखिमयुक्त २० हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ ।

हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ । सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिने उनीहरू बताउँछन् । विगतमा भएको क्षति हेरेर पनि हिमबाढीको जोखिम न्यूनीकरणमा ठोस कदम चाल्नुपर्नेमा प्रबन्धक राईको जोड छ ।रासस

लोकप्रीय

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर
ताजा समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.