सजग हुनुपर्छ फाइजर खोप लगाउँदा

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

नेपालमा १२ वर्षमाथिका बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप आइतबारबाट लगाउन सुरु गरिँदै छ । विश्वका १३२ मुलुकका नागरिकले लगाइसकेको फाइजर खोप नेपालमा भने पहिलो पटक लगाउन लागिएको हो ।

यो खोप दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन लागिएको हो । कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो पटक उत्पादन भएको फाइजर खोप नेपालमा बिल्कुलै नयाँ भएकाले यसबारे केही तथ्यहरू जान्नैपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कोरोनाविरुद्धको फाइजर खोपको प्रयोग तथा सञ्चालनसम्बन्धी मार्गदर्शनसमेत सार्वजनिक गरेको छ । फाइजर खोपले ज्वरो आउने, बान्ता हुने, खोप लगाएको व्यक्ति बेहोशसमेत हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यसबारे खोप लगाउने व्यक्ति पहिल्यै सजग हुनुपर्ने जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग, खोप लगाउन हुने अवस्था, खोप लगाउन नहुने अवस्था, चिकित्सकको विशेष निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुन सक्ने असरका विषयमा प्रस्ट पारेको छ ।

Advertisement

फाइजर खोप नेपालमा पहिलो पटक १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घरोगीलाई दिइँदै छ । पहिलो पटक खोप लगाएकालाई २१ दिनदेखि २८ दिनभित्र दोस्रो मात्रा लगाइनेछ । पहिलो मात्रा कात्तिक २८ देखि मङरसिर ४ गतेसम्म र मङरसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो मात्रा खोप दिइँदै छ ।

स्वास्थ्य तथा जनसङरख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले फाइजर खोप एक भायलमा छ जनासम्मले लगाउन सकिने जानकारी दिए । परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले फाइजर खोप लगाइसकेपछि केही असरहरूसमेत देखिने बताए ।

उनले खोप लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने जानकारी दिए । यस्तै, पखाला लाग्ने, बान्ता हुने, सुई लगाएको हात धेरै नै बढी दुख्ने तथा बेहोश हुनेसम्मका लक्षण पनि खोप लगाएका व्यक्तिमा देखापर्न सक्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top