विराटनगर,भदौ २९
विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयले ५४ औं बालदिवसको अवसरमा आफना ६ दर्जन बढी बिद्यार्थीलाई छात्रबृति तथा पुरस्कार वितरण गरेको छ । विद्यालयले सुमनदेवी गोयल छात्रबृति कोषबाट सो बिद्यालयको कक्षा ९,१०,११ र १२ मा अध्ययनरत १२ जना मेधावी छात्र–छात्रालाई नगदसहित पुरस्कृत गरेको छ ।
जसमा कक्षा ९ र १० मा प्रथम,द्वितीय र तीतृय हुने विद्यार्थीलाई ३ हजारका दरले र कक्षा ११,१२ मा प्रथम,द्वितीय र तीतृय हुने विद्यार्थीलाई ४ हजारका दरले छात्रबृति प्रदान गरिएको छ । यसैगरी रामनारायण मिश्र छात्रबृति कोषबाट कक्षा ११ र १२मा अध्ययनरत ३२ जनालाई जनही ३ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।
यस्तै विद्यालयले प्रदान गर्ने शैक्षिक पुरस्कार भने यसबर्ष विद्यालय प्रथम हुने दुईजना विद्यार्थीलाई प्रदान गरिएको छ । सो अवसरमा समाजसेवी दिनबन्धु गोयलले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि होस् भन्ने उद्धेश्यले सो विद्यालयलाई २ सेट कम्प्युटर प्रदान गरेका थिए ।