सन् २०१९ को साफ च्याम्पियनसिप विराटनगरमा हुने

काठमाडौं, मंसिर ४
सन् २०१९ हुने महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण नेपालले आयोजना गर्ने पक्का भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले मंगलबार नेपाललाई आयोजनाको जिम्मेवारी सुम्पिएको हो । प्रतियोगिता ११ देखि २१ मार्च २०१९ सम्म विराटनगरमा हुनेछ ।

प्रतियोगितामा सहभागी हुने टोलीको संख्या भने यसै महिनाको अन्त्यसम्म तय हुनेछ ।यसअघि डिसेम्बर तेस्रो सातालाई तोकिएको सो प्रतियोगिता श्रीलंकाले आयोजना गर्न असमर्थ भएपछि सारिएको हो । नेपालले विराटनगरमा आयोजना गर्ने प्रस्तावपछि साफले स्थल अनुगमन गरी प्रस्ताव स्वीकार गरेको हो ।

प्रतियोगितामा पहिलो उपाधि जित्ने दाउमा रहेको नेपाल यसअघी तीन पटक फाइनल र पछिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो ।भारतको सिलिगुडीमा भएको अघिल्लो संस्करणमा नेपाल भारतसँग २–१ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।

Advertisement

केहि साताअघि म्यानमारमा भएको ओलम्पिक छनोटको एसियाली क्षेत्रअन्तर्गत प्रारम्भिक चरणमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।

साफ च्याम्पियनसीपको तीनै संस्करणमा नेपाल भारतसँग नै पराजित भएको थियो । नेपालले अहिलेसम्म सिनियर महिला फुटबलमा भारतलाई हराउन सकेको छैन ।

Advertisement

नेपाल अपराजित रहँदै ओलम्पिक छनोटको एसियाली क्षेत्रअन्तर्गत दोस्रो चरणमा छनोट भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top