१३ कार्तिक, सप्तरी ।
३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १० र ११ सिल गरिएको छ ।
आउँदो १८ गतेसम्मका लागि वडा नम्बर १० र ११ सिल गरिएको हो । यो अवधिमा अति-आवश्यक बाहेकका काम पूर्णरुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै इलाका प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालका लागि कार्यालयबाट प्रदान हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।
कार्यालयका प्रमुख र अन्य कर्मचारी कोरोना सङ्क्रमण पुष्टि भएको तथा सप्तकोशी नगरपालिका कोरोना सङ्क्रमण बढेको हुनाले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु अनिश्चितकालको लागि बन्द भएको हो ।