सप्तरीमा प्रहरीको इन्काउन्टर : ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक अभियुक्त मारिए

सप्तरी,माघ ९
सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा परी दीपेन्द्र चौधरीको मृत्यु भएको हो ।

२ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गरेको हो ।

चौधरीको घटनास्थलमै मृत्यु भएको डिआइजी पालले जानकारी दिए । चौधरीको टाँउकोमा गोली लागेको छ।उनले भने, ‘गस्तीमा रहेका प्रहरी माथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी फायरमा मृत्यु भएको हो।’

Advertisement

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।

जैसवालको समूहले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका थिए । उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।(न्युज २४ बाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top