सबै जिवजन्तु संरक्षित सूचीमा, चोरी शिकारी गरेमा यस्तो सजाय

१५ साउन ७५, बुधबार

काठमाडौं – सबै प्रकृतिका वन्यजन्तु अब संरक्षित सूचीमा सूचिकृत हुने भएका छन् । वन्यजन्तु सम्बन्धी नयाँ ऐनले मुलुकमा अभिलेख भएका सबै जिवजन्तुलाई संरक्षित सूचीमा सामेल गर्न लागेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरेर नयाँ बन्ने ऐन मार्फत सबै जिवजन्तु संरक्षित सूचीमा सूचीकृत हुने भएका हुन् । विद्यमान ऐनमा विभिन्न २७ प्रजातीका स्तनधारी वन्यजन्तु, ९ प्रजातीका चरा र ३ प्रजातीका सरिसृप संरक्षित सूचीको अनुसूची १मा सूचिकृत छन् ।

नेपालमा अहिलेसम्म विभिन्न २ सय १२ प्रजातीका स्तनधारी वन्यजन्तु, ८ सय ८७ प्रजातीका चरा, १ सय ४० सरिसृप विभिन्न ५५ प्रजातीको उभयचर अभिलेख भएका छन् । प्रस्तावित नयाँ ऐनमा वन्यजन्तुको वर्ग अनुसार ४ अनुसूचिमा विभाजन गरिएको छ । प्रस्तावित ऐनको अनुसूची १मा विभिन्न १५ स्तनधारी जन्तु, ४० प्रजाती पन्छी र ४ प्रजाती सरिसृप छन् ।

Advertisement

विद्यमान ऐनमा हात्ति, गैडा, बाघ, हिउँचितुवा, कस्तुरी मृग लगायतका जन्तुको चोरी शिकारी गरेमा ५ देखि १५ वर्षसम्मको कैद वा ५ देखि १० लाख रुपियाँ जरिवाना र दुवै सजाय गर्न सक्ने व्यवस्था छ ।

प्रस्तावित नयाँ ऐनको अनुसूची २मा विभिन्न २५ स्तनधारी, ८१ चरा, ९ सरीसृप र माछाका ३ प्रजाती छन् । त्यसैगरी अनुसूची ३मा ३५ स्तनधारी, ४० चरा, सरिसृप १९, उभयचर ३, माछा ६ र किटपतंङ्गका १४ प्रजाती छन् । अनुसूची ४ मा बाँकी सबै प्रजाती सामेल गर्न सुझाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top