सबै सवारी पास रद्द, जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे साधन चल्ने

१ असार ७७, मंगलबार

२ असार, काठमाण्डौं ।
सरकारले यसअघि वितरण गरेको सबै सवारी पास रद्द गरेको छ ।

अब ट्राफिक प्रहरीले पासभन्दा पनि गाडीको नम्बर प्लेटका आधारमा जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्रै चल्न दिने गृह मन्त्रालयले जनाएको छ । त्यही अनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी चलिरहेका छन् ।

आज जोर गते भएकाले मोटरसाइकल तथा निजी गाडीको अन्तिम नम्बर जोर भएका गाडी मात्रै चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिजोर नम्बर प्लेट भएका गाडी चलाइएको पाइएमा कारबाही स्वरुप दिनभरी नै होल्ड गरिनेछ ।

Advertisement

सरकारले जनजीवन सहज बनाउनको लागि लकडाउन केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे साधन चल्न दिने निर्णय गरेको छ । यसैबीच मकवानपुरको भिमफेदीमा पहिरो खसेपछि कुलेखानी हुँदै काठमाण्डौ आउने सडकखण्ड बन्द भएको छ ।

राति भिमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । अत्यावश्यक सामान बोकेका, एम्बुलेन्स र अनुमतिप्राप्त गाडी मात्र काठमाण्डौ भित्रिन र बाहिरिन पाउनेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top