समितिका निर्देशन पालना नभएको भन्दै सांसदहरुको असन्तुष्टि

६ असोज ७७, बुधबार

७ असोज, काठमाडौँ ।
संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यस अघि विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् ।

समितिले आफ्नो कार्यक्षेत्र अन्तरगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्तरगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भिर समिक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताइन् । उनले समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टीङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको बताइन् । मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनैपनि आयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको उनको भनाई छ । कुनैपनि विषयमा समितिले छलफल गर्नु अघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

Advertisement

नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताइन् । हुम्ला जिल्लामा कोभिडको असर नपरेपनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भिररुपमा निर्देशन दिनुपर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद केदार सिग्देलले कुनैपनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिले सम्म पनि कार्यान्वयन नभएको देखिएको बताए । त्यस्तै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिले सम्मपनि कार्यान्वयन नभएको बताए ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड १९ बाहना बनेको बताए । कुनैपनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उनले स्पष्ट पारे । सबै क्षेत्रमा यस्तो प्रवृति देखिएकाले छुट्टै छलफल गरी निर्देशन दिनुपर्ने बताए । त्यस्तै चालु आर्थिक वर्षको चौमासिक सकिनै लाग्दा बजेट कार्यान्वयन के कति भएको छ भन्ने सम्बन्धमा समेत छलफल तथा समिक्षा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद ईन्दुकुमारी शर्माले सबैभन्दा बढी समस्या भौतिक पूर्वाधार क्षेत्रमा रहेको बताइन् । यस अघि समितिले दिएका निर्देशनहरु सबैभन्दा बढी भौतिक पूर्वाधार अन्तर्गत नै कार्यान्वयन नभएको उनले बताइन् ।

बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् । सबै आयोजनाको अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्रै समितिको नियमित बैठक बसेर छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता देखिएको सांसदहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top