सम्शेरको निधनमा ३ दिन झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

२७ साउन ७५, आइतबार
Share this
752shares

काठमाडौं, साउन २७
नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही आजदेखी ३ दिन सम्म दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

Advertisement

भोलि सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ दिनमा केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । राणाको शनिबार ९० वर्षको उमेरमा उनकै निवास कोलकातामा निधन भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top