सरकारका प्रवक्ताले भने–एसइई रोकिँदैन

४ चैत, काठमाडौँ ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परिक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।

Advertisement

सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार हाम्रा विशेष संवादातासँग कुरा गर्दे नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताए । उनले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको समेत बताए ।

कोरोना भाइरको संक्रमण देखिएका मुलुकमा समेत परिक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उनले बताए । उनले भने -‘एसइइ लाई अहिले हामीले तालीकामै लैजाने भनेर शिक्षा मन्त्रालयले बक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरुमा पनि परिक्षा चाहिं नियमितै गर्नुभएको छ । त्यो परीक्षा गरिरहदाखेरी केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरकमा दुरीमा विद्यार्थीहरुलाई राखेर परिक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मिहरु खटाउन पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँ नेर भूमिका हुन्छ ।’

Advertisement

चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उनले बताए । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागि हुँदैछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top