१५ जेठ, काठमाडौं ।
सरकारले कोभिडविरुद्धको खोप खरिदको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।