सरकारले नै देशलाई बन्धकी राखेको छः प्रचण्ड

२ बैशाख ७८, शुक्रबार

३ वैशाख, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस गरेको आरोप लगाएका छन् ।

बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई बन्धकी राखेको बताएका छन्।

प्रधानमन्त्री ओलीको नामै नलिई घुमाउरो पारामा उनले भने, ‘हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लाग्ने खबर देखिन्छ।

Advertisement

देश र जनताको प्रतिष्ठा, आत्मसम्मान, राष्ट्रिय स्वाधीनतामाथि प्रश्न गर्ने दुस्साहस भएको छ। यो नेपाली जनतालाई यो स्वीकार्य छैन।’

बिहीबारदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच भएको भनिएको सम्झौताको पत्र दाबी गरेर केही सञ्चारमाध्यममा आएपछि यो विषय विषय चर्चित भएको छ। यसको पक्ष विपक्षमा बहस जारी छ।

त्यस्तै, उनले ओलीलाई लक्षित गर्दै तानाशाही एकचोटि परास्त भए पनि पूरै परास्त अझै नभएको बताए। अझै षडयन्त्र चलिरहेको प्रचण्डले उल्लेख गरे।

उनले भने, ‘जनताले लोकतन्त्रविरोधी गणतन्त्रविरोधी कदम स्वीकार गरेनन्। सवै विज्ञ, नागरिक र जनता यसको विरोधमा गए। अन्ततस् अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गर्‍यो।’

प्रगतिविरोधी तथा राष्ट्रविरोधी तत्वहरू इतिहास पछाडि धकेल्ने प्रयासमा रहेको उनले बताए। त्यो नेपालमा मात्रै नभई विश्वमै रहेको उनको भनाइ छ। उनको भनाइ छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top