सरकार उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीतः ईश्वर पोखरेल

१३ चैत, काठमाडौँ ।
सरकारले कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर कामगरिरहेको स्पष्ट पारेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विहिबार संचारकर्मीसंग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीर रुपमा लागेको बताए । संक्रमितको उपचार, विरामीलाई राख्ने आईसोलेसन लगायत कामकालागि आवश्यक मेडिकल सामाग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगल गर्न नसकिए पनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए ।

उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिई, परीक्षण किट लगायतका स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्यगर्दै सरकारले छिट्टै सामान ल्याउने बताए ।उनले बन्दाबन्दीको अवस्थामा दैनिक उपभोग्य सामान , औषधी, खाद्यान्न, तरकारी, दुधलगायत अत्यावश्यक सामाग्रीका पसलहरु खुल्ला हुने स्पष्ट पारे । उनले विभिन्न पेशा संग सम्बन्धीत दैनिक ज्यालादारी कर्मचारीलाई विदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभुति गर्न ती संस्था, व्यक्ति र फर्महरुसंग सरकारले समन्वय गरिहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गरे ।

Advertisement

उनले मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । उनले नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरुको पनि सम्बन्धीत देशका सरकारले रक्षागर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीहरुको बारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top