सरिता गिरीलाई स्पष्टीकरण सोध्ने समाजवादी पार्टीको निर्णय

८ असार, काठमाडौँ ।
नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरेको नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोध्ने भएको छ । नक्सा सार्वजनिक गरेपछि लगातार विरोधमा अभिव्यक्ति दिएकी गिरीसँग उनको पार्टी समाजवादीले स्पष्टीकरण सोध्ने निणर्य गरेको हो ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निणर्य गरेको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए ।  ‘हामीले उहाँलाई बोलाएर पार्टीको निणर्य मान्न सुझायौं । तर, उहाँले पार्टीको निणर्य र निर्देशन मान्नुभएन । त्यसकारण स्पष्टीकरण सोध्ने निणर्य गरेका हौं,’नेता श्रेष्ठले भने ।

नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निणर्य भएको उनले बताए । गिरीले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको समाजवादी पार्टीको बुझाई छ ।

Advertisement

राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेको कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको हो ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् । त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उनलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उनले आफ्नो संसोधन फिर्ता लिएकी थिइनन् । र, संसद बैठक बहिष्कार गरेकी थिइन् । गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’रहेको भन्दै सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका थिए ।

Advertisement

समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उनलाई संसदबाट कारबाही गर्ने निणर्य छ । पार्टीका तर्फबाट समानुपातिक सांसद गिरीलाई पार्टीले चाहेको अवस्थामा प्रक्रिया पुर्‍याएर फिर्ता बोलाउन सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top