२५ कात्तिक, काठमाडौँ ।
सहिद स्मारक ए डिभिजन लिगको मिति सरेको छ । कार्तिक २९ गते सुरु हुने भनिएको लिग अब मङ्सिर ३ बाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार क्लबहरूकै सल्लाहमा साताको अन्त्यमा मात्र खेल खेलाउने सहमति भएको हो । खेल तालिकामा अब मिति मात्र परिवर्तन हुनेछ । एन्फाले यसअघि नै तालिका निर्धारण गरिसकेको छ ।
प्रि–सिजनको मैत्रीपूर्ण खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेलेका छन् ।