‘सर्वसाधारणलाई दुःख दिन निषेधाज्ञा गरिएको होइन, खानै नपाइने हो कि भनेर आत्तिनु पर्दैन’

१२ जेठ, काठमाडौं ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सर्वसाधारणलाई दुःख दिने मनसायले निषेधाज्ञा नगरिएको बताएका छन् ।

बुधवार काठमाण्डौको नागढुङ्गा नाका अनुगमन गर्दै पराजुलीले कोरोना सङ्क्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनसाय नभएको बताए । प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको पनि उनको भनाइ छ ।

Advertisement

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यकबाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन भएको बताएका हुन् ।

उनले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाण्डौमा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरू खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । बिहान–बेलुकी छाक टार्न नै समस्या पर्नेहरूका लागि काठमाण्डौ महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रबन्ध मिलाएको उनले बताए ।

उनले भने – ‘आपत् विपद् परे काठमाण्डौ महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत त्यस्ता व्यक्तिहरूलाई राहत उपलब्ध गराउने प्रबन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँ–ठाउँमा दाल, चामल उपलब्ध गराउने प्रबन्ध पनि गर्छौँ ।’

समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उहाँले बताए । सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत बिक्री÷वितरणको व्यवस्था मिलाउने सीडीओ पराजुलीको भनाइ छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top