सलह किरा काठमाडौंसहित देशका २५ बढी जिल्लामा पुग्यो

१६ असार, काठमाडौं । गएको शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौ उपत्यका पनि प्रवेश गरेको छ ।

काठमाडौंमा प्रवेश गरेको सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिएका छन् ।

बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डौ पुगेको हुमागाईँले बताए । उनका अनुसार नेपाल पसेको सलहको समूह विभिन्न साना समूहमा छुट्टिएर २५ भन्दा धेरै जिल्लामा पुगिसकेको छ । बाराबाट नेपाल छिरेको सलहसँगै रुपन्देहीमा हिजो अर्को समूह पनि आएको थियो ।

Advertisement

सलह किराले दोलखा, स्याङ्जालगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा क्षति पु¥याएको किसानहरुले बताएका छन् ।

यसैबीच प्युठानको झिम्रुक गाउँपालिकामा स्थानीयले झ्याली बाजा बजाएर सलह किरा लखेटेका छन् । अर्को गाउँबाट सलह आउँदै गरेको थाहा पाएपछि झिम्रुक गाउँपालिका २ मुलपानीमा गाउँलेहरु भेला भएर बाजा तथा आवाज आउने वस्तु बजाएर तथा आगो बालेर सलहलाई बस्न नदिइकन भगाएको स्थानीयले बताएका छन् ।

Advertisement

विभिन्न जिल्लामा छरिएको सलह किराको समूहमा कतै केही हजार र कतै लाखौँको सङ्ख्यामा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । विषादी प्रयोग गरेर र किसानहरुले धुँवा आउने वस्तु बालेर, ड्रम बजाएर यसलाई भगाउन सक्ने केन्द्रले जनाएको छ । सलह किरालाई बिहानको समयमा विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ ।

साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८÷९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकोले बिहान ५÷६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top