सशस्त्रमा डीआईजीसहित १ सय ५ पद रिक्त, को-को छन् दाबेदार ?

१९ बैशाख ७८, सोमबार

२० वैशाख, काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ ।

डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो ।

ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर परेको भन्दै सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउन थालेको छ ।

Advertisement

सशस्त्रका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थपसँगै सशस्त्र मुख्यालयले अन्य पदमा बढुवा प्रक्रिया अगाडि बढाउन लागेको हो । एक साताअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुुई एआईजीको म्याद थप गरेको थियो ।

हाल रिक्त दुई डीआईजी पदमा एसएसपी कालिदाज धौबजी, कुमार न्यौपाने र विदुर खड्काको दाबेदारी रहेको छ । उनीहरु तीनै जना नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा प्रवेश गरेका थिए । धौबजी २५ असोज २०५२ मा, न्यौपाने १ फागुन २०५२ र खड्का १ भदौ २०५० मा सईमा प्रवेश गरेका थिए ।

Advertisement

यी तीन जनामध्ये धौबजी र न्यौपाने २० असोज २०७५ र खड्का ७ वैशाख २०७७ मा एसएसपी बनेका थिए ।यसअघि डीआईजी बढुवा गर्दा सात पद रिक्त रहेपनि ६ जनालाई मात्र गरिएको थियो । पछिल्लो पटक प्रजाभक्त श्रेष्ठ उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि डीआईजीको दुई पद रिक्त रहेको हो ।

एसएसपीको आठ ओटा पदमा भने कायम मुकायम (कामु) को रुपमा बढुवा गरिने छ । यसअघि सिसं १ का नौ जनालाई दुई पटक गरी कामुका रुपमा बढुवा गरिसकिएको छ ।

अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिकरुपमा सईमा प्रवेश गरेका प्रविण कँडेल र सिसं २ का सात जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरुलाई क्रमागतरुपमा कामुको जिम्मेवारी दिन लागिएको हो ।

जसअनुसार, प्रविण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी र सुधिरजंग थापा कामु एसएसपी बन्नेछन् ।

कायममुकायममा बढुवा भएकाले अहिले नै पदअनुसारको दज्र्यानी चिन्ह र जिम्मेवारी बहन गर्ने भएपनि कन्फर्म गर्दा रोलक्रम भने तलमाथि पर्न जान सक्छ । हाल कामुुको जिम्मेवारीमा नरेहकाले पनि कन्फर्ममा पर्दा उनीहरुलाई उछिन्न भने सक्छ ।

सशस्त्रमा हाल एसपीमा सुधिरजंगपछि किरण बस्नेत, माधवप्रसाद पौडेल, दीपेन्द्र कुँवर (ख), उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, राजेश उप्रेतीलगायत छन् ।

यस्तै, रिक्त ३५ एसपी पदमा भने नेपाल प्रहरीमा असईमा भर्ना भई हाल डीएसपी रहेका र सशस्त्रमा फ्रेसमा भर्ना भएका सिसं ३ का केही डीएसपी बढुवा हुनेछन् । सिसं ३ का इन्सपेक्टर (हाल डीएसपी) को सेवा अवधि पनि १८ वर्ष भइसकेकाले दुबैलाई मिलाएर बढुवा गर्नुपर्ने मत पछिल्लो समय बलियो हुँदै गएको छ ।

रिक्त ६० डीएसपीमा भने सिसं ६ का इन्सपेक्टर बढुवा हुनेछन् । इन्सपेक्टर भएको १५ वर्षपछि उनीहरु डीएसपी बन्न लागेका हुन् । यद्यपि, सिसं ६ का सबै इन्सपेक्टर डीएसपी बन्न सक्दैनन् । यो समाचार राजधानी दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top