सशस्त्र प्रहरीभित्र एउटै दर्जामा १६ वर्षसम्म बढुवा भएन

६ साउन ७८, बिहीबार

सशस्त्र प्रहरी बलभित्र माथिल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा प्रहरी निरीक्षकदेखि एसपीसम्मकै वृत्ति विकासमा असर परेको छ। प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्ष पुग्दा पनि एउटै दर्जामा रहनु डिएसपीदेखि एसएसपीसम्मको बढुवा पनि समयमा नहुँदाउनीहरूको वृत्तिविकासमा असर पुगेको हो। माथिल्लो तहमा बढुवाको प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतहरूमा निशासा छाउन थालेको छ।

सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरूलाई संगठनभित्र भावी महानिरीक्षक (आइजिपी) का रूपमा हेरिने भए पनि उनीहरूको समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायब उपरीक्षक (डिएसपी) मै घर जाने अवस्था सिर्जना हुन थालेको छ। प्रहरी निरीक्षकको बढुवा सामान्यतया १० देखि ११ वर्षभित्र भइसक्नुपर्ने भए पनि सशस्त्र प्रहरीमा १६ वर्षसम्म पनि बढुवा हुन सकेको छैन।

सशस्त्र प्रहरीका अधिकारीहरूको वृत्ति विकासबारे गृह मन्त्रालय र अर्थ मन्त्रालयमा पटकपटक छलफल भए पनि मन्त्रालय तहबाटै उचित निकास नआउँदा उनीहरूको बढुवा रोकिएको हो। भर्ना भएको लामो समयसम्म पनि वृत्तिविकासमा परेको असरले उनीहरू सेवामा रहिरहने कि राजीनामा दिने भनी दोधारमा मात्र छैनन्, भर्ना हुन चाहनेका लागि समेत सशस्त्र प्रहरी अकार्षण बन्न नसकेको अवस्था छ। ‘एक पदमा लामो समय भयो काम गरेको, बढुवा हुन लामो समय पर्खनुपर्छ। वृत्तिविकासमा भएको ढिलाइका कारण सशस्त्र प्रहरीमा आकर्षण पनि कम हुन थालेको छ,’ सशस्त्र प्रहरीका एक डिएसपीले भने।

Advertisement

सशस्त्रमा हाल डिएसपीदेखि नायब महानिरीक्षक (डिआइजी) सम्म १ सय १० पद रिक्त रहे पनि बढुवा प्रक्रिया अगाडि बढेको छैन। ‘१५ वर्ष भयो जागिर खाएको, एउटै पदमा काम गर्नु परेको छ। कमान्ड गर्ने स्थान पनि फरक छैन,’ २०६३ मा भर्ना भएका एक प्रहरी निरीक्षकले भने।

सशस्त्र प्रहरी प्रवक्ता डिआईजी राजु अर्यालले बढुवाको आफ्नै प्रक्रिया भएकाले स्वाभाविक रूपमा बढुवा हुँदै जाने बताए। उनले दुई डिआइजी र एसपीको बढुवा भइसकेको बताए। ‘अन्य विषयमा मलाई जानकारी छैन। संगठनमा दरबन्दी पनि थपिने कुरा भएको यसबाट केही समस्या समाधान हुन्छ कि,’ प्रवक्ता अर्यालले भने।

Advertisement

नेपाल प्रहरीमा सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सई) मा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका अधिकृतहरू उपरीक्षक (एसपी), वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बनिसक्दा पनि खुला प्रतिस्पर्धामार्फत इन्सपेक्टर भएकाहरू १५ वर्ष कटिसक्दा उनीहरूको बढुवा सुरु भएको छैन।,यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top