सहजै कोरोना खोप लगाउन पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन

२४ चैत, काठमाडौं । सहज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिले सम्म सरकारले राम्रो काम गरिरहेको भएपनि सबै नागरिकले खोप पाउने सुनिस्चितता गर्नेगरी थप कार्य गर्न निर्देशन दिइन् । कोभिड–१९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिस्चितता गर्न समेत समितिले निर्देशन दिएको छ । यस्तै कोभिडको दोस्रो लहर आउने देखिएकाले अहिले देखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भिर बन्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

अस्पतालहरुमा दक्ष जनशक्ति व्यवास्थापन गर्ने कुरामा विशेष जोड दिएर अगाडी बढन पनि समितिले निर्देशन दिएको छ । यस्तै कोभिड र ननकोभिडका बिरामीहरुको उपचार गर्ने विषयमा अहिले देखि नै योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्ने गरी अस्पतालहरु तोक्न पनि भनेको छ । यसबाहेक पीसीआर परीक्षणको रिपोर्ट समयमै उपलब्ध गराउने तर्फ गम्भिर बन्न समेत सरकारलाई निर्देशन दिएको छ ।

Advertisement

कोभिड लागेका विरामी र ननकोभिडका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर कार्यान्वयन गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसबाहेक दोस्रो चरणको कोभिडबाट बच्न जनचेतनाका कार्यक्रमहरु लागू गर्न र सरकारी निकायहरुबीच आवश्यक समन्वय बढाई व्यवस्थित गर्न पनि निर्देशन दिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top