सहजै पाइँदैन कोरोनाको बिमा भुक्तानी

३ कात्तिक ७७, मंगलबार

काठमाडौँ:  कोभिड–१९ संक्रमितको उपचार खर्च सम्बन्धित बिमा कम्पनीले बेहोर्नुपर्ने सरकारी निर्णय भए पनि बिमितले तत्काल यो सुविधा नपाउने भएका छन् । बिमा कम्पनीहरूले तोकिएको समयमा दाबी भुक्तानी नगर्दा यस्तो अवस्था आएको हो ।

संक्रमितले सुरुमा आफ्नै खर्चबाट उपचार गराउनुपर्नेछ । त्यसपछि मात्र कम्पनीबाट शोधभर्ना पाइने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘सुरुमा बिमितले आफ्नै खर्चमा उपचार गर्नुपर्छ,’ उनले भने, ‘सबै कागजात पुर्‍याएर आएपछि बिमा कम्पनीबाट दाबी भुक्तानी पाइन्छ ।’ आइतबारदेखि सर्वसाधारणको उपचार खर्च बिरामी आफैंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको छ । यो निर्णयपछि अस्पतालहरूले बिरामीबाट उपचार शुल्क लिन थालेका छन् । बिमा कम्पनीबाट तत्काल दाबी भुक्तानी नपाउने भएपछि बिमित मर्कामा परेका छन् ।

‘सरकारले उपचार आफैं गर्नू भन्छ,’ एक संक्रमितले भने, ‘बिमा कम्पनीले भुक्तानी दिने कहिले हो, यस्तो बेलामा कसरी उपचार खर्च जुटाउनु ?’ जोखिम उच्च भएको समयमा सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेकाले समस्या भएको उनको गुनासो छ । ‘अप्ठ्यारो पर्दा सहज होला भनेर बिमा गरिएको हो,’ उनले थपे, ‘चाहिएका बेलामा भुक्तानी नपाएपछि के काम लाग्यो र ?’ बिमा समितिको कमजोरीका कारण बिमितले अप्ठ्यारो अवस्थामा दाबी भुक्तानी पाउन नसकेको जानकारहरू बताउँछन् ।

Advertisement

स्वास्थ्य बिमाको मापदण्डअनुसार बिमितको बिमा पोलिसीबाटै अस्पतालले खर्च कटाउनुपर्ने र बिमांकभन्दा बढी खर्च आएमा त्यो मात्र व्यक्ति स्वयंबाट लिनुपर्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । यही सिद्धान्तअनुसार बिमा कम्पनीले काम गर्नुपर्ने उनको भनाइ छ । बिमा कम्पनीले समयमै भुक्तानी दिँदैनन् भने त्यसको जिम्मेवार बिमा समिति हुनुपर्ने उनले बताए । ‘मापदण्डअनुसार तोकिएको समयमा दाबी भुक्तानी नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्नेसम्मको अधिकार समितिसँग छ,’ उनले भने, ‘यस्तो बेलामा नियामक निकाय कम्पनीले मानेनन् भनेर रोइकराइ गरेर बस्ने होइन । निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गराउन एक्सनमा जाने हो ।’, याे खबर कान्तिपुर दैनिकमा छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top