साँझ परेपछि बालुवाटारमा पुगेको सूचना

१४ बैशाख ७८, बुधबार

१५ वैशाख, काठमाडौँ । रात परेपछि बालुवाटारमा कस्ता कस्ता सूचना पुग्दा रहेछन् भने, सुन्नासाथ प्रधानमन्त्री झस्किहाल्ने । ९ गते आइतबार रातिको एउटा सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए ।

राति त्यहाँ पुगेको सूचना थियो, ‘नेपाली कांग्रेसले भोलि दिउँसो अविश्वासको प्रस्ताव दर्ता गर्ने भयो । त्यसमा माओवादी केन्द्र र जसपाका सांसदले हस्ताक्षर गर्ने र सदनमा पेश हुँदा माधव नेपालपक्षले फ्लोर क्रसमार्फत सघाउने बचन दिएको छ ।’

अर्को डर थियो, माधव नेपालपक्षले आफूहरुलाई कारवाही गर्ने केपी ओलीको निर्णय कार्यान्वयन नहोस् भन्नका लागि सर्वोच्चमा दायर रिटमाथि आइतबार नै आदेश हुने र त्यो आदेशले सबै निर्णय प्रभावित हुने । त्यसकारण यी दुई काम हुनुअगावै ‘केही गर्नुपर्ने’ हुटहुटी जाग्यो । र, राति ११ बजे महाधिवेशन आयोजक कमिटी सदस्यहरुको मोबाइलमा एसएमएस बज्न थाल्यो, भोलिपल्ट बिहान १० बजे बालुवाटारमा बैठकबारे ।

Advertisement

कम्युनिष्ट पार्टीको बैठक त महासचिवले बोलाउने हो, तर केन्द्रीय सदस्यहरुले पाएकै म्यासेज हेरेर महासचिव ईश्वर पोखरेल पनि एकछिन चकित खानुभयो । भोलिपल्ट नेताहरु समयमै बालुवाटार पुगे । तर, साढे दुई घण्टा पर्खिनेमा परे । पछि प्रधानमन्त्री पुगे, १० मिनेटमा आफ्नो कुरा राखेर ‘बैठक’ सिध्याए ।

‘केन्द्रीय कमिटी बैठक’ भनेका कारण सबैजसो नेताहरु ३ नं. गेट नजिकैको हलमा भेला भएका थिए । तर, डा.पुष्प कँडेलसहित नवनियुक्त स्थायी कमिटीका सदस्यहरुलाई बोलावट आयो र उनीहरु भित्रिए । अर्थात्, आयोजक कमिटीअघि स्थायी कमिटी बैठक बस्यो । भित्र के–के कुरा भयो, अरुलाई थाहा भएन ।

Advertisement

प्रधानमन्त्रीले हलभित्र छिरेर केही कुरा राखेपछि सबै केन्द्रीय सदस्यलाई एउटा व्यहोरा नखुलाइएको कागजमा सही गर्न लगाइयो । सबै लाइन लागेर सही गर्न थाले । अचम्म के भने स्पष्टिकरण चित्त नबुझे कारवाहीको अधिकार ६ गतेकै बैठकले स्थायी कमिटीलाई दिइसकेको थियो । त्यसो हुँदाहुँदै यही प्रयोजनका निम्ति फेरि आयोजक कमिटीको भेला गराइयो ।

यदि स्पष्टिकरण सोधिएका सांसदलाई कारवाही गर्नु परेमा त्यही हस्ताक्षरका आधारमा हुने गरी उनीहरुलाई सही गराइएको गाइँगुइँ चल्दै थियो । तर, एमालेको जटिलता कस्तो छ भने, केन्द्रीय कमिटीकै निर्णयअनुसार स्पष्टिकरण सोधिएका सांसदहरुको पद रिक्त गराउन खोजियो भने पनि मिल्दैन । किनभने, सांसद पद रिक्त हुने तीन प्रकारका व्यवस्थामध्ये कुनै पनि अवस्था अहिले छैन । न उनीहरुले दल परित्याग गरेका छन्, न राजनीतिक दल विभाजित गराएका छन्, न त पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस नै गरेका छन् । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषालसहितका सांसदलाई संसद सदस्य नरहने गरी कारवाही नै गर्नुपर्ने भयो भने पनि उहाँहरुले पार्टी ह्वीपको उल्लंघन गर्दैै फ्लोर क्रस गरेपछि मात्रै हो । त्यसअघि कारवाहीका अंगहरु पुग्दैनन् ।

आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top