×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

सांसदले संसदमा मागे ९० करोडको स्रोत

काठमाडौँ,पुस १३
सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कर्मचारी समायोजन अध्यादेश फिर्ता गरि प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्न ,निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न तथा उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद पुष्पा भुसाल गौतमले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषिलाई सार्वजनिक गर्न माग गरिन । सरकारका मन्त्रीले दोषी पत्ता लगाईसकेका छौ छिटै सार्वजनिक गर्छौ भनेको निकै समय भएको भन्दै उहाँले दोषि सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Advertisement
Advertisement

दोषी सार्वजनिक गर्दा प्रतिपक्षीले राजनीतिक छाता ओढाउन नआउनु भनीएको उल्लेख गर्दे उनले भनिन “हामी निर्मला पन्तको परिवार र प्रदिप रावल र विशाल चौधरीलाई न्यायको छाता ओढाउन चाहन्छौ ।”

राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले दोषि पत्ता लागिसकेको भन्दै विधि र प्रक्रिया पुरा गरि सार्वजनिक गरिने उल्लेख गर्दै दोषिलाई बचाउन कोही पनि राजनीतिक छाता ओढाउन नआउन आग्रह गरिन् । निर्मला पन्तको बलात्कार पछिको हत्यारालाई नियन्त्रणमा लिने विषयमा सरकार बेखबर भएर बसिरहेको आरोप पनि उनले लगाइन् ।

निर्मला पन्तको प्रमाण नष्ट गरेका सुरक्षा अधिकारीलाई अनुसन्धानको दायरामा ल्याई कसको आदेशबाट ती प्रमाण नष्ट गरियो भन्ने कुरा बाहिर आउनुपर्ने माग गरिन् । राज्यले र्निदोषलाई नियन्त्रणमा लिदै अपराध स्वीकार गर्न दबाब दिदै आएको दाबी गरिन् । प्रदिप रावल र विशाल चौधरीलाई चरम यातना दिएर अपराध स्वीकार गर्न दबाब दिने काम भएको भन्दै उनले न्युनतम मानवअधिकारको प्रत्याभुतिमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद गगनकुमार थापाले सरकारले लोकतान्त्रिक पद्धतिको गलत व्याख्या गर्ने काम गरेको आरोप लगाए । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन नेकपाका अध्यक्षले पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणाली छिटो छिटोे विकास हुने प्रणाली होइन भनी दिएको अभिव्यक्तिलाई उनले “नाच्न नजान्ने आँगन टेडो” को संज्ञा दिए । उनले सरकारलाई आफ्नो अनुहार ऐनामा हेर्न पनि आग्रह गरे ।

उनले कि बोल कि पोल भन्ने दुई शैलीमा प्रधानमन्त्री देखिएको टिप्पणी गरे । संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याईएको तथा लोकसेवाको परामर्शलाई पनि लत्याउने काम भएको भन्दै उनले तत्काल कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारलाई चेतावनी दिए ।

सांसद तेजुलाल चौधरीले संविधानबाट निर्वाचित व्यक्ति रेशम चौधरीलाई संसदमा उपस्थिति नगराई झुटा मुद्धा लगाएर जेलमा थुनिएको भन्दै सबैलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने “नेपाल कतिवटा छ संविधान कतिवटा छ म सरकारलाई प्रश्न गर्न चाहन्छु ।” उनले संविधान संसोधन प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेन्द्रराय यादवले विगतमा मधेस आन्दोलनका क्रममा भएको सहमति सम्झौता पालना गरि त्यसक्रममा भएका अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरे । उनले अबिलम्ब संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले उखुको मिल संचालन गर्दे मुल्य तोक्ने काम तत्काल गर्न माग गरे ।

Advertisement

सांसद ह्दयेश त्रिपाठीले उखुको समर्थन मूल्य तोक्न र चिनी मिल संचालन गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउदै सो विषयमा सरकारलाई रुलिङ गर्न सभामुखसंग माग गरे । सांसद प्रेम सुवालले अजय सुमार्गी भन्ने व्यक्तिको कम्पनिबाट स्रोत नखुलेको ९० करोड रुपैया जम्मा भएको भन्ने सम्बन्धमा सदनलाई सत्य तथ्य जानकारी गराउन माग गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top