साउदीबाट फर्किए ८ सय नेपाली, भिसा अवधि सकिए पनि जरिवाना नलाग्ने

१२ असार ७७, शनिबार

योगेन्द्र योगी
१३ असार, दोहा ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडान मार्फत हालसम्म ८ सय ७ जना नेपाली नागरिक स्वदेश फर्किसकेको एनआएनए साउदीले जनाएको छ ।

जुन १८ बाट सुरु भएको हिमालय एयरलाइन्स मार्फत साउदीको दमामबाट १५३ जना, रियाद नेपाल एयरलाइन्स बाट २४७ जना जुन २३ मा दमामबाट हिमालय एयरलाइन्सको दोस्रो उडान मार्फत १५४ जना र जेध्दाबाट नेपाल एयरलाइन्स मार्फद २५३ जना सहित ४ वोटा शव नेपाल पुर्याइएको एनआएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् ।

Advertisement

कोरोनाबाट हालसम्म साउदीमा संक्रमितको संख्या १ लाख ७४ हजार ५ सय ७७ पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख २० हजार ४ सय ७१ पुगेको छ भने हालसम्म १ हजार ४ सय ७४ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

यता, साउदी सरकारले  भिसाको म्याद सकिएको भए पनि साउदीबाट जरिवानाबिनै नेपालीहरु स्वदेश फर्कन सक्ने जनाएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवाना विना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने जनाएको छ ।

यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन । साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश पठाइरहेको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top