साउदीमा कोरोना संक्रमणबाट ८२ जना नेपालीको मृत्यु

२० असोज ७७, बुधबार

२१ असाेज, काठमाडाैँ ।

साउदी अरेबियामा कार्यरत ८२ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। नेपाली दुतावास रियादका अनुसार हालसम्म ६८ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १४ जना गरी हालसम्म ८२ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु भएकाे हाे। साउदीमा हालसम्म ५ हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्।

साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृत्यु र ३ लाख २२ हजार ६ सय १२ जना निको भएका छन्।

Advertisement

कोरोना भाइरसको महामारीसँगै साउदी अरेबियाबाट हालसम्म चार्टर उडानबाट लगभग ११ हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन्।  नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले स्वदेश फिर्ता हुन चाहने २६ हजार ९ सय ५६ जनाको नामावली सार्वजनिक गरेको छ।

दुतावासले आगामी दिनहरुमा स्वदेश फिर्ता हुन दुतावासले उपलब्ध गराएको अनलाइन फारम भर्नु नपर्ने, स्वदेश फिर्ताको लागी सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर आवश्यक प्रक्रिया पछि सहजै स्वदेश फिर्ता हुन सकिने जानकारी गराएको छ।

Advertisement

अक्टोबर महिनाबाट स्वदेश फिर्ताको लागी साउदी अरेबियाबाट नियमित रूपमा ट्रान्जिट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीराले आफ्नो उडान सुरु गरेका छन्। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आफ्नो चार्टर उडान कायमै राखेको छ।

दुतावास रियादको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार ५८ जना नेपालीलाई वहिर्गमन भिषासमेत जारि गरेको छ। अलपत्र परेका १० बेखर्ची नेपालीलाई एनआरएन साउदीले स्वदेश फिर्ताको लागी हवाई टिकट उपलब्ध गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top