साउनदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् ।

मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरुको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि बताए ।

Advertisement

उनले भने ‘सामाजिक सुरक्षाका प्रवन्धहरुका क्षेत्रमा थुप्रो काम हामीले ग¥यौ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु ग¥यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ । अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै । साउन १ गतेदेखि लागु हुनेगरी बढ्छ । सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागु हुनेगरी बढाइने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए । सरकारले गच्छे अनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि बताए ।

Advertisement

उनले भने ‘हामीले स्वतन्त्रताको उपभोग गर्दा सही ढङ्गले उपभोग गर्नुपर्छ । नत्रभने त्यसको दुरुपयोग हुने खतरा छ । अब त हामीले सिक्नुपर्छ भन्ने मलाई लाग्छ । सरकार स्वतन्त्रतामा कुनै बन्देज लगाउने वा कुनै नियन्त्रण गर्ने अथवा कुनै अंकुश लगाउने वा कुनै हिसाबले न्यून गर्ने पक्षमा छदैँछैन र हुँदैन । सरकारको तर्फबाट सञ्चार क्षेत्रलाई पु¥याउनुपर्ने सहयोग, त्यसलाई अरु फस्टाउनका लागि गर्नुपर्ने सहयोगका सन्दर्भमा गच्छेले भ्याएसम्म सरकार त्यो गर्न तयार छ ।’

अहिले देशमा समस्या प¥यो भन्ने प्रचार गरिएको भन्दै देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको पनि उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको स्पष्ट पारे । प्रदेश सरकरहरुलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि बताए ।

उनले भने ‘संघीयतामा समस्या के प¥यो ? केहीकेही अनुभुति र फिलिङ्गसका कुराहरु छन् । तर अब फिलिङ्स बाहेक भन्ने हो भने कुनैपनि प्रदेशलाई केन्द्रबाट बजेटमा कमबेस गरिएको छैन । बरु जहाँनिर पछाडी परेको छ त्यहाँका लागि प्रोजेक्ट तयार गरिएको छ ।

प्रचण्ड पुनरावलोकनमा जानु मजाक होः प्रधानमन्त्री

’ नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उनले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गरे ।

उनले भने ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’

प्रधानमन्त्री ओलीे केही मान्छेहरुको महत्वकांक्षाका राजनीतिक अस्थिरता निम्तिन खोजेको बताए । केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top