सातै प्रदेशका लागि रेडक्रसले दियो सात वटा भेन्टिलेर

३ मंसिर ७७, बिहीबार

४ मंसिर, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो ।

Advertisement

बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो ।

रेडक्रसले सात वटै प्रदेशलाई एक/एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो । भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताए ।

Advertisement

यस्तै उपलब्ध भेन्टिलेटरहरु सात वटै प्रदेशका सबैभन्दा धेरै विरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिवद्धता समेत मन्त्री ढकालले व्यक्त गरे ।

रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटर मध्ये एकवटा भेन्टिलेटर बागमती प्रदेश अन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपलब्ध गराइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतीय सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top