सामसङ ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अर्डर खुला

१९ फागुन, काठमाडौं । सामसङले ल्याएको दुई नयाँ स्मार्टफोनको नेपाली बजारमा प्रि अर्डर खुला गरेको छ । सामसङ नेपालले ग्यालेक्सी एस२० र एस२० प्लसको प्रि अर्डर फागुन १४ गतेबाट खुला गरेको जानकारी दिएको छ । नेपालमा फागुन ३० गतेबाट मात्रै उक्त फोनहरु उपलब्ध हुनेछन् ।

यद्यपी प्रि अर्डर गरेका उपभोक्ताहरुले भने सो मितिभन्दा अगाडी नै पाउनेछन् । सामसङको ग्यालेक्सी एस२० सिरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले बताए । फ्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले फोटो तथा भिडियो खिच्न सजिलो बनाउने उनले बताए ।

Advertisement

फोटोका लागि ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ । ३० एम्स जुम सिस्टम पनि दुबै फोनमा रहेको छ । सामसङको यो सिरिजको फोनबाट ८के सम्मको भिडियो रेकर्डिङ गर्न सकिने छ, जुन विश्वका अन्य फोनहरुमा नभएको उसको दावी छ ।

फोनको अग्रिम अर्डर अवधिमा नेपाका कुनै पनि सामसङ स्टोरमा ५ हजार अग्रिम जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस२०प्लस अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी ५ हजार ९ सय ९९ मा खरिद गर्न सक्नेछन् । एस२० को अग्रिम बुकिङ गर्नेहरुले २ हजार ९ सय ९९ थप गरी ग्यालेक्सी बड्स प्लस खरिद गर्न सक्नेछन् । ३२ इन्चको टिभी ८ हजार ९ सय ९९ मा खरिद गर्न सक्ने सामसङले जनाएको छ ।

आग्रिम अर्डर गरेका ग्राहकहरुले एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकहरुबाट किस्ता (एएमआइ) पनि उपलब्ध हुने छ । लक्की ड्रका लागि अग्रिम बुकिङ गर्ने ग्राहकहरु स्वतः योग्य हुने बताइएको छ । जसमा विजेताहरुले टर्कीस एयरलाइन्सको तर्फबाट दुईतर्फि बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टि २, केजीएच ग्रुपको वाटार फ्रन्ट रिसोर्ट वा हिमालय फ्रन्ट होटलमा दुइ रात बास बस्न पाउनेछन् ।

तयसैरी लेट मि इनको तर्फबाट ५ हजार बराबरको कुपन पनि पाइने बताएको छ । एस२० को मूल्य १ लाख ७ हजार ४ सय ९९ र एम२०प्लसको मूल्य १ लाख १९ हजार ४ सय ९९ रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top