सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

२१ जेठ ७६, बुधबार

जेष्ठ २२, ललितपुर । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सूरु भएको छ ।

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सो सम्मेलनको शुभारम्भ गरिएको हो । सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो सम्मेलनको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिवी हटाउने गरी विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न युवा वैज्ञानिकहरुलाई आह्वान गरे । उनले सरकारले विज्ञान र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै सोही अनुसारको वैज्ञानिक खोज तथा अनुसन्धानमा लाग्नुपर्नेमा पनि जोड दिए । नेता नेपालले जमिन, पानी र वन क्षेत्रको उचित परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे ।

२ दिनसम्म चल्ने सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशका युवा वैज्ञानिकहरु पनि सहभागी भएका छन् । सम्मेलनमा १६ वटा अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी नेपालका ३५ जना युवा बैज्ञानिकहरुले पनि विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित भएर आफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुने कार्यक्रम तय गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top