काठमाडौं, फागुन २३
सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेड्रिङ कर्पोरेशनले ७३ करोड ९३ लाख कूल मुनाफा आर्जन गर्न सफल भएको छ । कर्पोरेशनले गत वर्षभन्दा यस वर्ष ६१ करोड २४ लाख मुनाफा आर्जन गर्दै कूल मुनाफा ७३ करोड ९३ लाख पुर्याउन सफल भएको हो ।
कर्पोरेशनको ५१ औं स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८ अरव ५८ करोडको कारोवार गरिएको पनि जानकारी दिइएको छ ।
कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून मुनाफा लिएर कारोबार भईरहेको बताए । कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पूँजीको अभावमा भएका कारण व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको बताईन् ।
उनले सरकारको निर्देशन अनुसार अत्यावश्यक बस्तुहरुको विक्रीवितरण गर्दै लैजाने योजना पनि सुनाईन् । कर्पोरेशनले खाद्य सुरक्षा अन्तरगतको कामलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने तयारी पनि गरेको छ ।