१ फागुन, काठमाडौँ ।
सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बस्कोटाले सिजि टेलिकमका विषयमा छानबिन हुने बताएका छन् । विहिबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बास्कोटाले लिमिटेड मोबिलिटी सर्भिसको ४४ करोड मात्रै तिरेको देखिएको उल्लेख गर्दै सरकारबाट अनुदान लिएर ४१ जिल्लामा सञ्चार सुविधा पु¥याए नपु¥याएको विषयमा छानबिन गर्नुपर्ने बताए ।
सरकारले तत्कालिन समयमा विपदबाट हुने जोखिम वा अन्य कुनै आपतकालिन अवस्थामा सञ्चार सहजता होस् भनेर विश्वबैंकसँग ऋण लिएको प्रशंग उल्लेख गर्दै पूर्वका ४१ जिल्लामा सञ्चार सुविधा पु¥याउन सिजि टेलिकम (तत्कालिन एसटीएम) लाई अनुदान दिएको र अहिलेसम्म कति काम भयो भन्ने विषयमा छानबिन हुने बताए । सरकारले आफु धितो बसेर विश्वबैंकबाट ल्याएको १ करोड १८ लाख ६५ हजार डलर अनुदानमा दिएको बताउँदै उनले भने, ‘‘भाग्यमानी हो उहाँ । सिजिका सञ्चालकहरु भाग्यमानी हो । किनभने अरुले कम्पनी खडा गर्न जोखिम मोल्नुपर्छ । चुनौती लिनुपर्छ । आर्थिक पनि जोखिम लिनुपर्छ अरु निर्माणको पनि जोखिम लिनुपर्छ । तर सरकारले ऋण काढीकाढी उहाँहरुलाई अनुदान दिएको हो । तर काम के गर्नुभयो ? भिस्याटका उपकरण कहाँ छन ? १०६८ वटा पिसिओहरु बने की बनेनन् । त्यो काम के भयो ? त्यो काम चाँही के हुनुपर्ने ? गर्छु भनेको काम नगरेपछि हिनामिना भयो की भएन राज्यको सम्पत्ति ? तोकिएको काम नगरेमा चाँही अनुदान के हुन्छ ? १ करोड १८ लाख ६५ हजार डलर के हुने ? अब यसमा अध्ययन चाँही त्यसमा हुने हो । कानूनी हिसाबले के हुने हो यसमा हुन्छ ।’’
बास्कोटाले सिजिसँग २० अर्ब माग्यो भनेर खवर आएको उल्लेख गर्दै आफ्नो घरमा राख्नका लागि पैसा नमागेको बताए । उनले भने, ‘मैले मेरो घरमा राख्न मागको होइन् । कति साथीहरुले सञ्चारमन्त्रीले २० अर्ब माग्यो भन्नुभयो । मेरो घरमा त्यती पैसा राख्ने ठाउँ छैन । चाँहिदैन पनि ।’ बास्कोटाले जुहारी खेल्नुभन्दा पनि प्रकृयामा आए काम हुने र आफुले कुनै आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभएको छ । ‘‘मैले उहाँहरुलाई धेरै केही भन्नु छैन । उहाँहरु प्रोेसेसमा आउनुहोस् प्रोसेस मिचेर आउने कुरामा हाम्रो साथ हुँदैन । कति तिर्नुपर्छ युनिफाइड वा अरुको त्यो मलाई धेरै थाहा हुँदैन् । मैले सुनेके त्यही हो । कुनै २५ लाखले लाइसेन्स पाइन्छ । कुनै १ लाखले पाइन्छ । कुनैको अरु कति तिर्नुपर्छ । कसैको रिन्युवल फि थोरै हुन्छ कसैको धेरै हुन्छ । २० अर्बसम्म हुन्छ’’, उनले भने, ‘‘उहाँहरुले के तिर्नुभयो । सबै ति¥यौँ भन्नुभएको छ । सबै तिरेको के को ? के बापतको ? म अहिले आज यति मात्रै भने मैले थप अध्ययन गर्ने भएको छु । उहाँहरुले तिरेको ४४ करोड मात्रै देखिन्छ । तर त्यो लिमिटेड मोबिलिटी सर्भिसको होला ।’’ बास्कोटाले सर्तअनुसार काम नगरी ढोका हुँदाहुँदै झयालबाट छिरेर अगाडी बढेपछि काम नहुने बताए । सबै क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुका लागि सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेको उल्लेख गर्दै बास्कोटाले इमानदार लगानीकर्ताको आवश्यकता रहेको बताए । उनले बार्सिलोनामा सिजी टेलिकम र टर्कसेलबीच सम्झौता हुँदा आफु साँक्षी पनि नबसेको र लाइसेनस दिन्छु भनेर पनि नभनेको स्पष्ट पारे।