‘सिटामोलको अभाव छैन, अरू औषधिको पनि मूल्य बढेको छैन’

६ जेठ ७८, शुक्रबार

७ जेठ, काठमाडौं ।

नेपाल औषधि उत्पादक सङ्घ नेपालले प्यारासिटामोल लगायतका औषधि पर्याप्त रहेको बताएको छ ।

बजारमा सिटामोल समेत नपाएको खबर आएको भन्दै सङ्घले अहिले औषधि अभाव नभइ ढुवानी तथा कुरियरमा समस्या आउँदा केही ठाउँमा अभाव देखिएको र वितरणलाई सुधार गर्ने पहल भइरहेको बताएको छ ।

Advertisement

(बिहीवार) हिजोसम्मको विज्ञप्ति निकालेर मौज्दात हेर्दा कुनै पनि औषधिको अभाव नभएको भन्दै अनावश्यक खरिद र भण्डारण नगर्न बिक्रेता तथा उपभोक्ताहरूलाई सङ्घले आग्रह गरेको छ ।

साथै अहिले कुनै पनि औषधिको मूल्य नबढाएकाले बढी मूल्यमा किनबेच नगर्नसमेत सङ्घले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top