१८ चैत, सुनसरी । सुनसरी भोक्रहा नरसिंह–४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार अपरान्ह सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने सिटि र चालक भोक्रहा–१ का दिब नारायण मेहता प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।