सिद्धबाबामा सुरुङमार्ग बनाउन ठेक्का आह्वान

८ जेठ ७८, आइतबार

९ जेठ, काठमाडौं ।

सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरेको हो । जेठको २४ गतेसम्म ठेक्काको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Advertisement

दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ । यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीन वटा सहायक सुरुङ हुनेछन् । सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन् ।

सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो हुने भए पनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए ।

सिद्धबाबा क्षेत्रमा निक्कै अप्ठ्यारो पहाड भएकाले सुरुङ निर्माणसँगै पहिरो रोकथाम र संरक्षणको काम पनि उत्तिकै चुनौतीपूर्ण रहेको नेपालको भनाइ छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएको वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top