२० मङ्सिर, विराटनगर।
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुनः म्याद थप गर्नका लागि जिल्ला अदालत सुनसरी लगिएको छ ।
विराटनगर स्थित विराट नर्सिङ होममा उपचारार्थ गिरीलाई जिल्ला अदालत सुनसरी लगिएको हो । उनलाई सुनसरी अदालतले केही दिनअघि बलात्कार मुद्धामा अनुसन्धानका लागि चार दिन म्याद दिएको थियो । म्याद थपपछि उनलाई उपचारका लागि पुनः अस्पतालमै राख्न अदालतले आदेश दिएको थियो ।
महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णदासले आफु माथि लगाइएको आरोप झुटो भएको बताउँदै आएका छन् । तर एक टेलिभिजनबाट पीडितले कृष्णदाससँग गरिएको कुराकानी सार्वजनिक गर्दै आँफू बलात्कृत भएको दावी गरेकी छन् ।