सिद्धबाबालाई म्याद थपका लागि अदालत लगियो

२७ मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तेस्रो पटक म्याद थप गर्नका लागि आज अदालत उपस्थित गराईंदैछ ।

विराटनगरको विराट नर्सिङ होममा उपचाररत गिरीलाई तेस्रो पटक म्याद थपका लागि शुक्रबार जिल्ला अदालत सुनसरी लगिएको हो । उनलाई तेस्रो पटक म्याद थप गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले अस्पतालबाट अदालत लगेको हो ।

यसअघि सुनसरी अदालतले मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो । त्यसअघि पनि पुनः चार दिन म्याद थप गरेको थियो । म्याद थपपछि उनलाई उपचारका लागि पुनः अस्पतालमै राख्न अदालतले आदेश दिएको थियो ।

गिरीमाथि आरोप लगाएकी महिला अनुयायीले ४ कात्तिकमा आफुलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई मंसिर १६ गते बिहान अस्पतालबाटै पक्राउ गरेको थियो ।

उनी छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि विराट नर्सिङ होममा भर्ना भएका थिए । १० दिनसम्म बिनाअक्सिजन समाधिमा बसेर आफूलाई सिद्ध पुरुष घोषणा गरेका कृष्णदास अहिले अक्सिजनका साथमा उपचार गराईरहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top