सिद्धार्थ राणा पाँचौ पटक उत्कृष्ट करदाता, बढी कर तिर्ने १५ कम्पनी सम्मानित

३० कात्तिक ७५, शनिबार

काठमाडौं ,मंसिर ३०

रकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । सातौं राष्ट्रिय कर दिवसको असवरमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीहरुलाई सम्मान गरेको हो ।

सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने व्यवसायी सिद्धार्थ राणा सम्मानित भएको छ । उनी यसअघि चार पटक सबैभन्दा बढी आय कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भएका छन् । तर पाँचौ पटक सम्मानित हुँदा मात्र उनी सम्मान थाप्न मञ्चमा उक्लिएका हुन् ।

Advertisement

उनको कम्पनी सिप्रदी ट्रेडिङ प्रा.लि व्यापार तर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मान ग्रहण गरेका छन् ।

कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिरेर सूर्य नेपाल सम्मानित भएको छ । कम्पनीका उपाध्यक्ष रवि केसीले सम्मान ग्रहण गरे कम्पनी सबैभन्दा बढी आयकर एनसेलले तिरेको भएपनि कर विवादमा मुछिएकोले एनसेललाई सम्मान दिन नसकिएको स्रोतले बतायो ।

Advertisement

निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ । उद्योगतर्फ हिमाल पावर कम्पनीले धेरै कर तिरेको छ ।

कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि सम्मानित भएको छ । कम्पनीका कार्यकारी निर्देशक डा. दिशेन गौतम सम्मानपत्र ग्रहण गरेका छन् ।

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ । लघुवित्तमा छिमेक लघुवित्त सम्मानित भएको छ । बीमा व्यवसायतर्फ नेपाल पूनर्बीमा कम्पनी लिमिटेड सम्मानित भएको छ ।

स्वास्थ्य तथा शिक्षा तर्फ बिराटनगरको नोबेल मेडिकल कलेजले धेरै कर तिरेको छ । सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टरनेशनल सम्मानित भएको छ । त्यस्तै पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल सम्मानित भएको छ । तारागाउँका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन्।

४० करोड रुपैयाँसम्म व्यवसाय गर्ने मध्यमस्तरीय करदताबाट नेपाल इन्भेष्टमेन्ट लिमिटेड सम्मानित भएको छ । ४० देखि ८० करोड रुपैयाँ कारोबार गर्नेमध्येबाट नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ ।

यस्तै पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित भएको थियो । कम्पनीका वित्त प्रमुख उद्धव तिमल्सिना सम्मानित भएका छन्।

आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको छ। विभागले हरेक वर्ष धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ ।

विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिका कर्मचारीलाई पनि सम्मान तथा पुरस्कार वितरण गरेको छ । सातौ कर दिवसको अवसरमा सम्मानित व्यक्ति तथा कम्पनीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका छन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top