सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च

८ चैत्र, सिन्धुली ।
सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च भएको छ ।

ईन्जिनियरिङका विद्यार्थीको समूहले बनाएको गरुड नाम दिइएको सो रकेटको शनिबार परीक्षण प्रक्षेपण गरिएको हो ।

१० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको सो रकेट परीक्षण प्रक्षेपणका क्रममा करिब डेढ सय मिटर आकाशमा उडेर दुर्घटना भएको थियो । हावाका कारण रकेट दुर्घटना भएको बताइएको छ ।

Advertisement

रकेट निर्माण तथा प्रक्षेपणमा संलग्न विद्यार्थीको समूहले हाल देखिएका समस्या न्यूनिकरण गरी आगामी महिना पुनः प्रक्षेपण गरिने जनाएको छ ।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप-२०२१ मा सहभागिता जनाउनका लागि गरुड तयार पारिएको हो ।

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपणका क्रममा रकेट दुर्घटना भएको बताइएको छ ।

७।४२ फिट उचाइको उक्त रकेटको ब्यास ६ इन्च छ । नेपाली युवाको समूहले गरेको परीक्षण प्रक्षेपणमा नेपाली सेनाले पनि साथ दिएको थियो ।

रकेट निर्माणमा संलग्नहरूका अनुसार प्रधान सेनापति थापाले सेनाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले प्रोजेक्ट आंशिक रूपमा सफल भएको र यसलाई नराम्रो नसोच्न आग्रह गरेका थिए ।

त्यस्तै राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनले पनि आफ्ना तर्फबाट अझै सहयोग गर्ने बताएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top