सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री

२६ जेठ ७८, बिहीबार

२७ जेठ, काठमाडौँ ।

वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

Advertisement

अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले रु एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले राससलाई जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए ।

Advertisement

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो । कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जनाएको छ ।

सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराइएको बताए ।

दाताबाट बुधबार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top