सिरहाको लहानस्थित मुख्य चोकमा बम विस्फोट

९ फागुन ७४, बिहीबार

लहान : सिरहाको लहान नगरपालिकाको मुख्य बजार क्षेत्रमै बम विस्फोट भएको छ। बिहीबार दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन्।

टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको छ।इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको छ।

विस्फोटको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।लहान बजारको मुख्य चोकमा रहेको मारुती होटल अगाडि बम विस्फोट भएको हो घटनाको थप विवरण आउँन बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top