सीमापार रेल सञ्चालन गरिँदै

५ मंसिर ७७, शनिबार

काठमाडौँ: जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ ।

कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर ९एसडीपी० का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ ।

कार्यविधिबारे भारतले प्रस्ताव गरेको विषयमा नेपालले केही परिमार्जनको प्रस्ताव राखेको उहाँले जानकारी दिनुभयो । बैठकले जयनगर–विजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अगाडि बढिरहेको सीमापार रेलमार्ग परियोजनाको समीक्षाका साथै यात्रुबाहक रेल सेवा सञ्चालन गर्न भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षद्वारा छलफल गरिएको सचिव श्रेष्ठले बताउनुभयो । उक्त रेलमार्ग सञ्चालन गर्न असोज २ गते भारतबाट खरिद गरिएका दुईवटा डेमो रेल अहिले धनुषाको इनरुवा स्टेसनमा पार्किङ गरिएका छन् ।

Advertisement

त्यसैगरी बैठकमा भारतको जोगवनी र नेपालको विराटनगर बीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्न तीव्र रूपमा काम अगाडि बढाउन दुवै पक्षले सहमति जनाएका थिए । तीन अर्ब ७४ करोड भारतीय रुपियाँ अनुदान सहयोग अन्तर्गत सो अन्तरदेशीय परियोजनाको निर्माण भइरहेको बैठकपछि नेपाल र भारतद्वारा जारी संयुक्त पे्रस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी रेल सेवामा कार्यरत नेपाली कर्मचारीको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेल्वे क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति जुटेको हो । बैठकमा दुवै पक्ष रेल्वे क्षेत्रमा सहकार्य सुदृढ पार्न आपसी सहयोगमा निरन्तरता दिन सहमत भएका थिए ।

Advertisement

भिडियो कन्फरेन्स मार्फत सम्पन्न उक्त बैठकमा नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले गर्नुभएको थियो भने भारतीय टोलीको नेतृत्व भारतीय रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा। मनोज सिंहले गर्नुभएको थियो ।

बैठकमा नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक लगायत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीको उपस्थिति थियो । भारतका तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय राजदूतावास, कोङ्कण रेल्वेका वरिष्ठ अधिकारीको सहभागिता थियो ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top